सिरहामा महिलाको शंकास्पद मृत्यु

सिरहामा महिलाको शंकास्पद मृत्यु

सिरहा : लहान नगरपालिका १८ शोभापुर गाउँमा एक मुस्लिम महिलाको मृत्यु शंकास्पद देखिएको छ । घटनामा अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । मृत्यु हुने महिला २५ वर्षीया इसरत खातुन हुन् ।

मृतकको पति दिल मोहम्मद वैदेशिक रोजगारमा कतार गएका छन् । उनी दुई छोराछोरीसहित एक्लै घरमा बस्दै थिए । स्थानीयका अनुसार उनलाई सोमबार राती आफन्तमा पर्ने सासु–ससुराले कुटपिट गरेका थिए ।

घाइते खातुन स्थानीय औषधी पसलमा उपचार गराएका थिए । बिहीबार साँझ उनको मृत्यु भएको छ । स्थानीयका अनुसार मृत्युपछि केही व्यक्तिले एम्बुलेन्समा राखि उपचार गराउन भन्दै अस्पताल पुर्‍याउँ‍न लगिरहेका थिए । गाउँबाट प्रहरीलाई खबर पुग्यो । 

प्रहरी अस्पताल पुग्दा महिलाको मृत्यु भइसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लहानस्थित राउ स्मारक अस्पतालमा राखिएको छ । 

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनाको जाहेरी आएको छ । हामी त्यही अनुसार अनुसन्धान बढाएको उनले बताए । ‘महिलालाई कुटपिट गर्ने आरोपित एक जनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ,’डीएसपी थापाले भने,‘अस्पताल पुर्‍याउने व्यक्तिले विष सेवन गरेको भनेर कुरा जानकारी गराएको छ । पोष्टमार्टमपछि सबै कुरा खुल्नेछ ।’ 

मृतकका आमाबुबाले कुटपिटबाट छोरीको मृत्यु भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.