साउदीमा कोरोना भाइरस संक्रमित ८८ नेपालीको मृत्यु

साउदीमा कोरोना भाइरस संक्रमित ८८ नेपालीको मृत्यु

साउदी अरेबिया : साउदी अरेबियामा  कोभिड १९ का कारण  हालसम्म ८८  जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादका अनुसार ७२  जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १६  जना गरी ८८  जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो। दुतावासले चार्टड उडानबाट २ सय ८  शवहरु समेत पठाएको छ।

साउदीस्थित  नेपाली दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाको  सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेक  १ हजार २  सय ८८ जना नेपालीलाई वहिर्गमन भिषा  जारी गरेको छ  भने दुतावासले  पासपोर्ट  नविकरणको लागी आफ्नो  फेसबुक  पेजमार्फत आवश्यक विवरणसहित  अनलाइन  फारमको व्यवस्था गरेको छ । 

साउदी अरेबियामा कोरोना भाइरसको असरले गर्दा  स-साना तथा मझौला कम्पनी बन्द हुने अवस्था रहेकाले  नेपाली कामदार स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा  बढ्दो छ। हालसम्म  कोभिड १९ को असर लगाएत अन्य  कारणले अलपत्र परेका २०  हजार ३  सय ६  जना  नेपाली चार्टड उडान द्वारा  स्वदेश फिर्ता भएका छन्।

साउदीमा कोरोना भाइरसबाट  हालसम्म ३  लाख  ५६ हजार  ३ सय  ८९ जना  संक्रमित हुनुको साथै  ५  हजार  ८ सय  ४० जनाको मृत्यु भएको छ भने ३ लाख  ४५  हजार २ सय १५ जना निको भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.