रुकुम पश्‍चिममा जन्ती बोकेको जिप दुर्घटना: ४ को मृत्यु, १ घाइते

रुकुम पश्‍चिममा जन्ती बोकेको जिप दुर्घटना: ४ को मृत्यु, १ घाइते

रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ स्थित जन्ती बोकेको जिप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ ।

आठबसिकोट नगरपालिका–८ दाजे भन्ने ठाउँमा रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा सोही वडाका चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

शुक्रबार साँझ करिब ७ बजे आठबिसकोट नगरपालिका–८ दाजेबाट सोही नगरपालिका–१० घारीखोला फर्कने क्रममा जिप दुर्घटना भएको उनले बताए । दुर्घटनामा आठबिसकोट–८ का ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको डिएसपी केसीले बताए ।

दुर्घटनामा सोही ठाउँका ५८ वर्षीय लालबहादुर नेपाली घाइते छन् । उनको अवस्था गम्भीर रहेको डिएसपी केसीले बताए । स्थानीयहरुका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनापछि जिप चालक सोही नगरपालिका–९ का २८ वर्षीय डिल्लीबहादुर नेपाली भने फरार रहेको प्रहरीको भनाइ छ । घटनाका विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.