प्रदेश सरकारको अहिलेसम्मकै धेरै लगानीको पुल शिलान्यास

प्रदेश सरकारको अहिलेसम्मकै धेरै लगानीको पुल शिलान्यास

हेटौंडा : बागमती प्रदेश सरकारको हालसम्मको धेरै लगानीमा निर्माण हुने पक्की पुलको बिहीबार शिलान्यास गरिएको छ। 

प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिकाको ११ र १२ नम्बर वडालाई जोड्न राप्ति खोलामा बन्न लागेको पक्की पुलको मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन्। 

मुख्यमन्त्री पौडेलको निर्वाचन क्षेत्र समेत रहेको उक्त दुई वडाई जोड्ने पुलको लागत २६ करोड ४१ लाख ८७ हजार रुपैयाँ रहेको छ। ३ वर्षंभित्र निर्माण सम्पन्न गर्नेगरी पुलको ठक्का एलिट कन्स्ट्रक्सन कम्पनी प्राली काठमाडौंले पाएको छ।  

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती यातायतात पूर्वाधार निर्देशनालय मार्फत निर्माण हुने पुलको पुलको लम्बाई २१५ मिटर र चौडाई ११ मिटर रहेको छ। 

‘राप्ती खोलाका कारण टाढाको दुरीमा रहेको दुई वटा नजिक हुने भएको छ, यसले बजारको विकासमा पनि सहयोग पुग्छ’, मुख्यमन्त्री पौडेलले शिलन्यास कार्यक्रममा भने। 

चार वटा स्पान हुने पुलको गाडी गुड्ने भाग ७ दशमलव ५ मिटर तथा फुटपाथ १ दशमभलव ५ मिटरको हुनेछ। पुलसँगै दायाँबायाँ ७ सय मिटरको सडक निर्माण र ७ सय मिटर लामो तटबन्ध निर्माण गरिने भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.