उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका ६०६ सहित १२ सय ७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका १२ सय ७२ सहित संक्रमितको संख्या २ लाख २८ हजार ८६१ पुगेको छ।
१५ हजार ४४७ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार शुक्रबार १५ सय ७५ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ। यस्तै आज कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ।
देशभर क्वारेन्टिनमा ५३७ जना र आइसोलेसनमा १५ हजार ४४७ जनाको उपचार भइराखेको छ।