राजपुर बम काण्ड : अफताव आलमका भाइ महताव पक्राउ

राजपुर बम काण्ड : अफताव आलमका भाइ महताव पक्राउ

रौतहट : २०६४ को संविधानसभा चुनावको अघिल्लो दिन भएको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ महताफ आलम पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार आलमलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको हो। अहिले उनलाई रौतहट ल्याइँदै गरेको बताइएको छ। तर यसबारे रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी शिद्दिबिक्रम शाहले केही बताउन चाहेनन्।

संसद आलम पक्राउ परेपछि महताफ फरार थिए। 

२७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो। बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ।

मुख्य आरोपी भनिएका संसद अफताव आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए। 

संसद आलम हाल कारागारमा छन्। ११ आरोपीमध्ये ५ जना पक्राउ परिसकेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.