विराटनगरमा कांग्रेसको मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन (फोटो फिचर)
विराटनगर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा सोमबार मध्यान्न विराटनगरमा सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत प्रदर्शन गरेको हो ।
विराटनगरस्थित तीनपैनि चोकबाट निस्किएको मोटरसाइकल र्यालीसहितको प्रदर्शनले विराटनगर बजार परिक्रमा गरेको छ । गलत मार्गमा हिँडेकाले सरकारलाई सजग गराउन र नागरिकलाई सचेत हुन आग्रह गर्दै सोमबार देशभर प्रदर्शन गरिने कांग्रेसले जनाएको छ ।
भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएका कारण कांग्रेस सडकमा ओर्लनु परेको कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले बताए।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको छ।