साधुसन्तलाई ५६ भोग

साधुसन्तलाई ५६ भोग

जनकपुरधाम : 

‘राजा जनकजी के बाग मे अलवेला दुल्हा आयो रे’,
‘दुल्हा चिन्ही लियौ अपन दुलारी के, के छैत प्राणप्यारी के ना’

 

यो लोकगीत बेहुला र जन्तीसँग हाँसो ठट्टा गर्ने पारम्परिक माध्यम हो। सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सवको सातौं दिन रामकलेवाअन्तर्गत भगवान् रामलाई ५६ भोग अर्पण गरिएको छ। राम जानकीको विवाह भएको स्थलमा रामका तीन भाइलगायत जन्तीमा सहभागीलाई भोजन गराउने कार्यक्रमलाई ‘रामकलेवा’ भनिन्छ। 

रामकलेवाको अवसरमा सहभागी सबैका सामु मनोरञ्जनका कार्यक्रम, भजनकीर्तनलगायतका कार्यक्रम प्रस्तुत गरिन्छ। रामकलेवा रामजानकी विवाह पञ्चमीको अन्तिम विधि हो। विवाह पञ्चमीको आकर्षण राम, लक्ष्मण, भरत, शत्रुध्नलाई ५६ भोग अर्पण भइरहँदा जनकपुरधामका महिला श्रद्धालुले गालीसहित अक्षता वर्षाएर हर्ष बढाइँ गरे। 

रामायणकालीन परम्परालाई निरन्तरता दिँदै ‘रामकलेवामा’ मा सहभागीलाई जानकी मन्दिरबाट बिदाइस्वरूप नगदसहित कम्मल, दोसल्ला, गम्छा दिएर बिदाइ गरियो। हर्षित जनकपुरवासीले गाउँदै थिए, ‘आजु जनकपुर मंगल हे, दुलहा बनल श्रीराम हे।’

साताव्यापी रामजानकी विवाह महोत्सवमार्फत मिथिलाको वैवाहिक विधि विधान उद्घाटित हुने जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन्। विवाहका क्रममा हुने नगरदर्शन, तिलक, मटकोर, जन्ती र मरजादको भोजको आयोजनाले धार्मिक महोत्सवलाई सांस्कृतिकस्वरूप प्रदान गरेको नेकपाका नेता तथा मैथिली संस्कृतिका विज्ञ रामचन्द्र झाले बताए। उनका अनुसार महोत्सवले लोपोन्मुख विवाह गीतसमेत संरक्षण गरेको उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.