प्रदेश १ मा कोरोना भाइरस : ४ सय १४ डिस्चार्ज हुँदा ४० जना संक्रमित थपिए

प्रदेश १ मा कोरोना भाइरस : ४ सय १४ डिस्चार्ज हुँदा ४० जना संक्रमित थपिए

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । निको हुनेमा होमआइसोलेनबाट ३ सय ९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या २६ हजार ७ सय १० पुगेको छ ।

यसैबीच प्रदेश १ मा शुक्रबार ४० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२, मोरङमा १०, सुनसरीमा ९, इलाममा ३, संखुवासभामा २, भोजपुर र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमक र बिर्तामोडमा ३–३, गौरादहमा २, कनकाई, बाह्रदशी, मेचीनगर र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ७,  कानेपोखरी, उर्लाबारी र बेलबारीमा १–१, सुनसरीको धरानमा ९, इलामको इलाम नगरपालिका, माई र चुलाचुलीमा १–१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुरमा १, सोलुखुम्वुको माप्यदुधकोशीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय १४ पुगेको छ । प्रदेश १ मा शुक्रबार ३ सय १० जनाको पीसीआर परीक्षण परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ७ सय २४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.