बेसहारासँग किरिया खर्च

बेसहारासँग किरिया खर्च

विराटनगर : मान्छे सडकमा कसरी पुग्छन् ? सहज उत्तर आउँछ– ‘मानसिक सन्तुलन गुमाएर, गरिब भएर वा परिवारले छाडेर।’ तर, प्रदेश १ का सडकमा यीभन्दा फरक अवस्थाका बेसहारा पनि भेटिएका छन्। जोसँग हजारौं रुपैयाँको जोहो छ। मानसिक रूपमा सबल छन्। हातखुट्टा राम्ररी चल्छन्। तर, बास सडकमा। सहारा सडकमा हिँड्नेहरूको लिनु छ।

मोरङ मंगलबारेका ८५ वर्षीय जितेन्द्रसिंह राजपुत १० वर्षअघि राजमिस्त्रीको काम गर्थे। पैसा कसरी बचाउने भन्ने ज्ञान छ उनमा। सामाजिक सुरक्षा भत्ता पाइरहेकै छन्। तर, विराटनगरको सडकमा बास छ। सुनसरी इटहरीको एक उद्योगमा लामो समय काम गरेका राजपुतका भतिजबाहेक कोही थिएनन् परिवारमा। काम गर्न सकुन्जेल भतिजले सहारा दिए। नसक्ने भएपछि घर नआउन भनेकाले आफू विराटनगरको सडकमा बस्न पुगेको राजपुतले सुनाए।

सडकमा बसेको १० वर्षपछि शनिबार राजपुतसहित बेसहारालाई मानव सेवा आश्रमका युवाले उद्धार गरेका छन्। राजपुतलाई ल्याएर सरसफाइ गर्दा उद्धारकर्ता अचम्ममा परे। कारण थियो उनले लगाएको लुगामा ९० हजार रुपैयाँ फेला पर्‍यो। सामाजिक सुरक्षा भत्ता र कसैले दिएको रकम जोहो गरेर उनले ९० हजार रुपैयाँ बनाएका रहेछन्। ‘म मरेका बेला मलाई उठाउनेले मेरो काजकर्म यसैले गरोस् भनेर जम्मा गरेको हुँ’, उनले भने। उनका अनुसार वृद्धभत्ता आउँदा, आफूमा सीप हुँदा र शारीरिक रूपमा सबल हुँदा पनि परिवारको ‘घाँडो’ हुँदा सडकमा पुग्नुपर्ने अवस्था आउँदो रहेछ। ‘केही पैसा साथमा थियो, वृद्धभत्ता पनि आउँथ्यो तर गएर बस्ने ठाउँ थिएन’, गहभरि आँसु पार्दै राजपुतले अन्नपूर्ण पोस्ट्सित भने।

उनले आफूजस्ता धेरै जना मन्दिर र सार्वजनिक स्थलमा हात थापेर बस्नुपरेको भेटेको सुनाए। सडकमा सहाराविहीन अवस्थामा रहनेहरू बढेपछि स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गर्दै मानव सेवा आश्रमले उठाउन सुरु गरेको छ। प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीका ३ सयभन्दा बढी व्यक्तिलाई पुस ७ देखि ११ गतेसम्ममा उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले बताए।
संयोजक केसीका अनुसार सडकमा पुग्नेमा धेरै वृद्धवृद्धा र त्यसपछि मानसिक सन्तुलन गुमेकाहरू छन्। उद्धार गरिएका १ सय ५० जना राख्न सक्ने क्षमताको मानव सेवा आश्रम विराटनगरमै रहेको र बाँकीलाई अन्य स्थानमा राखिने केसीले बताए। 

आश्रमले केहीलाई परिवारसँग पुनर्मिलन गर्ने र रोगीको उपचार गर्ने गरेको छ। प्रदेश १ मा सबैभन्दा बढी सुनसरीबाट १ सय ४ जनाको उद्धार गरिएको छ। त्यसपछि झापाबाट ७४ र बाँकी मोरङबाट उद्धार गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। उनले यो प्रदेश १ लाई ‘सडक मानव’रहित बनाउने अभियानमा यो कार्य महत्वपूर्ण रहेको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.