गन्तव्य बन्दै नयाँ गढी

गन्तव्य बन्दै नयाँ गढी

मकवानपुर : पूर्वी मकवानपुरको बकैया गाउँपालिका— १० मन्थलीस्थित अम्बास लेख रूख झाडीले घेरिएको थियो। कहिलेकाहीँ घाँस दाउरा गर्न र गोठालो जानेले त्यहाँ गढी छ भन्थे। कसैले पत्याएका थिएनन्। तर, एक वर्ष अघिसम्म स्थानीयवासी घाँसदाउरा गर्न मात्र जाने ठाउँमा हिजोआज नयाँ नयाँ मान्छेको उपस्थिति बाक्लिएको छ। उनीहरू यहाँको बारेमा सोधिखोजी गर्छन्, फोटो खिच्छन्। वरिपरिको मनमोहक दृश्यबाट लोभिन्छन्। 

एक वर्षअघि यहाँ गढी रहेको पत्ता लागेपछि जिल्लाकै महत्त्वपूर्ण पर्यटकीयको रूपमा अम्बास गढी विकास हुँदै गएको हो। झाडी फाँड्ने क्रममा गढी फेला परेको थियो। दुई वर्षअघि जनप्रतिनिधि गाउँ पुग्दा स्थानीयले गढीबारे जानकारी दिएपछि यसको संरक्षण र यसबारे तथ्य खोज्ने काम सुरु भएको हो। ‘स्थानीयले गढी छ हेरेर जानु भनेपछि हामी पुग्यो। त्यहाँ झाडीले छोपिएको अवस्थामा गढीको अवशेष देखेपछि यसको संरक्षणमा जुटेका हौं’, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले भने, ‘जिल्लाकै पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ हामी संरक्षणको काम गरिरहेका छौं।’

गढीभन्दा तल बकैया ठाकुर मन्दिर छ, जुन बकैया नदीको शिर (मुहान) हो। चिसापानी र मकवानपुर गढीपछि यो मकवानपुरमा फेला परेको यो तेस्रो गढी हो। मकवानपुर र ललितपुर सीमाको एक हजार ८७ मिटर अग्लो अम्बास गढी करिब ६ रोपनीमा फैलिएको १० नम्बर वडाध्यक्ष सोमराज तिमल्सिनाले बताए। ‘यहाँ  चार दिशामा तोप राख्ने ट्रेन्च राखिएको छ। चारैतर्फ एकै आकारका ढुंगाको गारा छन्’, उनले भने, ‘गारो कतै भत्किएका छन्। पुरिएको खाडल पनि देख्न सकिन्छ।’ 

यो गढी कहिले बनेको र के सन्दर्भमा प्रयोग भएको हो भन्नेबारे गाउँपालिकाले खोजीकार्य गरिरहेको गाउँपालिका अध्यक्ष खनालले बताए। बकैया गाउँपालिकाको हात्तीसुँडेबाट १५ किलोमिटर उत्तरमा ठिंगन र ललितपुरनजिक रहेको अम्बासगढी मकवानपुर र काठमाडौं उपत्यकाका पर्यटकका लागि उपयुक्त गन्तव्य हुन सक्ने स्थानीयको भनाइ छ। त्यहाँ रहेका बकैया ठाकुर मन्दिर र कालेश्वर मन्दिरमा बर्सेनि जात्रा लाग्ने गर्छ। गाउँमा गढी फेला परेपछि स्थानीयवासी पनि खुसी छन्। ‘अम्बास गढीको प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ’, स्थानीय लक्ष्मी माझीले भनिन्। गाउँपालिकाले गढीसम्म पुग्ने बाटो र सिँढी निर्माण गरेको छ। ‘गाउँपालिकाले गुरुयोजना निर्माण गरेरै यस क्षेत्रको विकास गर्छ’, उनले भने, ‘गढीको मध्यभागमा भ्यु टावर निर्माण गर्ने पनि योजना बनाएका छौं।’

उक्त गढी पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा स्थापना गरेको स्थानीयको अनुमान छ। शाहले नेपाल एकीकरणका क्रममा सेना बस्न गढी स्थापना गरेको, तर त्यहाँ उनीहरू रोगी भएपछि छाडेर हिँडेको आफूले सुनेको स्थानीय बुढापाका बताउँछन्। ‘कुन समयमा कसले बनाएको गढी हो, अनुसन्धान हुनुपर्छ’, गढीसम्बन्धी खोजकर्ता केदार न्यौपानेले भने, ‘यसको यथार्थ पत्ता लगाए पर्यटन क्षेत्रको रूपमा विकास गर्न सके धेरै राम्रो हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.