शेरधनविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा भीमप्रसाद आचार्यलाई प्रस्ताव

शेरधनविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा भीमप्रसाद आचार्यलाई प्रस्ताव

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। आइतबार बिहान संसद सचिवालयमा ३७ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव रदर्ता भएको हो।

प्रचण्ड–माधव समूहमा आबद्ध संसदहरुले हस्ताक्षर संकलन गर्दै मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण सो संख्यामा हस्ताक्षर संकलन भएको र उक्त संख्या अझै बढ्ने प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले बताए।  

नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङ नेतृत्वको टोली संसद सचिवालय बिहानै अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेको थियो।

अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीमप्रसाद आचार्यलाई प्रस्ताव गरिएको छ। उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन्।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन्। पार्टी विभाजनपछि प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य रहेको दाबी सो पक्षको छ भने ओली समूहले पनि आफ्नो पक्षमा कम्तिमा २८ सदस्य रहेको बताउँदै आएको छ । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन्।

यसैबीच मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट पनि हटाउन ३७ सांसदलेनै हस्ताक्षर गर्दै प्रस्ताव गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.