२४ घण्टामा ४१९ जनामा कोरोना सङ्क्रमण : ६ जनाको मृत्यु

२४ घण्टामा ४१९ जनामा कोरोना सङ्क्रमण : ६ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ४१९  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ। 

पछिल्लो समय देशभरका प्रयोगशालामा पाँच हजारको नमूना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुष गरी ४१९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४३८ पुगेको छ। 

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५० छन्। योसँगै नेपालमा हालसम्म उपचारपछि निको भएर घर फर्किनेकोे सङ्ख्या दुई लाख ५३ हजार ८७५ पुगेको छ। 

नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ९७ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर अहिले पाँच हजार ७११ सक्रिय सङ्क्रमित छन्। तिनीहरुमध्ये ३६७ क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा छन्। 

मुलुकमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६८ महिला र ७६ पुरुष छन्।  

थप ६ को मृत्यु  

पछिल्लो २४ घण्टामा थप छ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८७० पुगेको मन्त्रालयले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.