सरकार निर्वाचनको तयारीमा लागिसक्यो : मन्त्री तुम्बाहाम्फे

सरकार निर्वाचनको तयारीमा लागिसक्यो : मन्त्री तुम्बाहाम्फे

विराटनगर : भूमि व्यवस्था तथा सहकारी मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बैशाखमा हुने निर्वाचनका लागि सरकारले सबै तयारी सुरु गरेको बताएकी छिन्। सोमबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले सरकारले निर्वाचन घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोगले आफ्नो तयारी सुरु गरेको र सम्पूर्ण सूरक्षा निकायले पनि त्यसै अनुसार व्यवस्थापन मिलाइरहेको बताइन्। 

‘निर्वाचन हुँदैन भन्ने आंशका धेरैमा छ, तर, निर्वाचन हुन्छ, त्यो आवश्यकता पनि हो, त्यसका लागि सबै निकाय लागेका छन्’, उनले भनिन्, ‘सरकारले आर्थिक व्यवस्थापन सुरु गरिसकेको छ।’ निर्वाचन हुँदैन भन्ने भ्रम फैलाउनु देशमा शान्ति कायम नहोस् भन्ने शक्तिको काम भएकाले यसमा विश्वास गर्न उनले आग्रह समेत गरिन्। 

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु अहिलेको आवस्यकता रहेको बताउने मन्त्री तुम्बाहाम्फेले सर्वोच्च अदालतमा गइसकेको विषयमा अहिले धेरै चर्चा नगर्ने बताइन्। ‘सबैको प्रश्न अब के हुन्छ ? भन्ने छ, सरकारले भन्ने भनेको अब निर्वाचन हुन्छ भन्ने हो, प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चले केही दिनमा बोल्नेछ’, उनले भनिन्।

बहुमत प्राप्त सरकार गठन गर्दै काम गर्दा पनि बारम्बार आफ्नै पार्टी भित्रबाट अवरोध भएकाले अबको आवश्यकता कस्तो सरकार र पार्टी हो भन्ने ताजा जनादेश आवस्यकता भएकाले प्रधानमन्त्रीले यो कदम चाल्न बाध्य भएको मन्त्री तुम्बाहाम्फेको भनाइ छ। उनले भनिन्, ‘एक समय नागरिकले चाहेर दुई पार्टी मिलेर सरकार चालएको हो, तर त्यस भित्र काम गर्न नदिने क्रम सुरु भयो, सरकारले सोचे जस्तो काम गर्न सकेन, त्यो जानकारी नागरिकलाई दिंदै नयाँ जनादेश सरकारले मागेको हो।’

नेपालमा पार्टी फुटाउने र जुटाउनेमा विदेशी शक्ति लागेको छ ? भन्ने प्रश्नमा उनले पार्टी जोड्ने र फुटाउने सबै पार्टीको स्वतन्त्र अधिकार भएकाले यो आशंका गलत भएको दाबी गरिन्। उनले अहिले सानो समुह चोइटिएर बाहिर गएको बताउँदै यसले पार्टीलाई कुनै असर नगर्ने दाबी गरिन्। ‘सानो समुह बाहिर गएको हो, हामीले मिलेर बसौँ भनेकै हो, उहाँहरुको स्वार्थ के थियो थाहा भएन’, उनले प्रचण्ड–नेपाल समुहलाई आरोप लगाउँदै भनिन्, ‘सरकारलाई काम गर्न नदिदा उहाँहरु आफै चोटिनु पर्‍यो।’

आफ्नो मन्त्रालयको विषयमा बोल्दै मन्त्री तुम्बाहाम्फेले भूमीको व्यवस्थापनमा सरकार लागेकाले लाखौँ भूमि विहीनले चाँडै लालपुर्जा पाउने बताइन्। ‘सरकारले भूमिहीनको व्यवस्थामा काम गरिरहेको छ, म यसकै विषयमा छलफल गर्न प्रदेश १ आएकी हुँ’, उनले भनिन्, ‘अब भूमिहीनलाई सरकारले जग्गाको मालिक बनाउँदैछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.