कालिञ्‍चोकमा कठ्यांग्रिएर एक महिलाको मृत्यु

कालिञ्‍चोकमा कठ्यांग्रिएर एक महिलाको मृत्यु

दोलखा: नेपालकै प्रमुख गन्तव्यमध्येको कालिञ्चोक भगवतीको दर्शन गर्न पुगेकी एक महिलाको हारपरथर्मिया (कठ्यांग्रिएर)को कारण मृत्यु भएको छ ।

मकवानपुर जिल्ला फापरवारी घर भएकी ३३ वर्षीया सम्झना रोक्का मगरको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनको मृत्यु आइपरथर्मियाको कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक मगर सामान्य बिरामी भइ मन्दिर जान नसकी कुरीबजार स्थित संगिता होटलमा आराम गरी वसेको र एक्कासी वेहोस भएपछि उपचारको लागि चरिकोट ल्याइएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक अन्जन कोइरालाले जानकारी दिए ।

निरीक्षक कोइरालाको अनुसार वेहोस अवस्थामा चरिकोट अस्पताल ल्याइएकी मगरको बिहान मध्यन्ह करिब १२ बजे मृत्यु भएको थियो । शव चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको निरीक्षक कोइरालाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.