लमजुङ उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

लमजुङ उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

बेंसीसहर: लमजुङ उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार गुणराज सिलवालसहित लोकतान्त्रिक पक्षको प्यानल नै विजयी भएको छ ।

अध्यक्षका प्रत्यासी प्रगतिशीलका श्रीकृष्ण लामिछानेलाई ३ सय १४ को फराकिलो मतअन्तरले लोकतान्त्रिक समूहका गुणराज सिलवालले अध्यक्षमा जित हासिल गरेका छन् । अध्यक्षका निर्वाचित सिलवालले १ हजार ३ सय ४५ मत प्राप्त गरे । प्रतिद्धन्द्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेले १ हजार ४५ मत ल्याए ।

प्रथम उपाध्यक्षमा प्रगतिशील समूहका विकास श्रेष्ठलाई हराउँदै लोकतान्त्रिक समूहका मृगेन्द्र घिमिरे निर्वाचित भएका छन् । घिमिरेले १ हजार २ सय ४९ मत ल्याउँदा श्रेष्ठले १ हजार ९० मत प्राप्त गरे । द्धितीय उपाध्यक्षमा भरतकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १ हजार ३ सय ३५ मत ल्याउँदा प्रतिद्धन्द्धी भरत विष्ठले १ हजार १३ मत पाए ।

तृतीय उपाध्यक्षमा कृष्णजंग गुरुङ विजयी भएका छन् । उनले १ हजार ३ सय ८६ मत प्राप्त गरे भने प्रत्यासी रविन विश्वकर्माले ९ सय ६८ मत ल्याए । महिला सदस्यमा १ हजार २ सय ८७ र १ हजार १ सय ९५ मत ल्याएर क्रमशः आइसा मिया र मनु पन्त विजयी भएका छन् । प्रतिद्धन्द्धी अनुपमा पुनले १ हजार ५ र कल्पना थापाले १ हजार ७८ मत प्राप्त गरे ।

खुला सदस्यमा शिवराम सिलवाल १ हजार २ सय ५२, सुरेशकुमार प्रधान १ हजार २ सय ८८ र प्रदीप बस्नेतले १ हजार २ सय ७४ मतका साथ विजयी भएका छन् । सदस्यमा प्रतिद्धन्द्धिी युवराज पौडेलले १ हजार, सुरजकुमार श्रेष्ठले ९ सय ६४ र बेदराज खनियाले ९ सय ७३ मत पाएका छन् ।

संघको ८ वटा इकाईमध्ये ७ वटा इकाई अध्यक्षसहितको समितिमा लोकतान्त्रिक समुहका उम्मेदवार विजयी भएका छन् । लोकतान्त्रिक समुहबाट बेसीसहरमा विपिन श्रेष्ठ, उदीपुरमा अमृतकुमार श्रेष्ठ, भोटेओडारमा मानकृष्ण आचार्य, राइनासमा आनन्द श्रेष्ठ, सुन्दरबजारमा डण्डबहादुर सुनार, दुइपिप्लेमा ऋषिराम पुरी र भोर्लेटारमा जाकिर हुसेन मिया अध्यक्ष पदमा विजयी भए । खुदी इकाइमा भने सहमतिमा प्रगतिशील समुहका सुर्यप्रकाश कतिला विजयी भए । संघमा अब प्रगतिशीलबाट कतिला र गजेन्द्र श्रेष्ठ २ जना मात्र सदस्य रहनेछन् ।

कूल २ हजार ६ सय ८४ मतदाता रहेकोमा २ हजार ४ सय ६७ जनाले मतदान गरेका थिए । बेंसीसहरमा १ हजार ८, सुन्दरबजारमा २ सय ९०, राइनासमा २ सय २९, भोर्लेटारमा २ सय ३०, भोटेओडारमा २ सय ९, उदिपुरमा १ सय ९३, सोतीपसल–दुइपिप्लेमा १ सय ३८ र खुदी इकाईमा १ सय ७० मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.