१० हजार घुस लिएको आरोपमा हवल्दार पक्राउ

१० हजार घुस लिएको आरोपमा हवल्दार पक्राउ

दमौली : हिरासतको व्यक्ति छुटाउन १० हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियारले ईलाका प्रहरी कार्यालय बेलचौताराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट आएको टोलीले नगद लिनासाथ उनलाई नियन्त्रणमा लिएको सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

सवारी दुर्घटना सम्बन्धी घटनामा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्ति छुटाउन घुस मागेको उजूरी तथा गोप्य सूचनाका आधारमा सेवाकेन्द्र परिसरबाटै उनलाई पक्रिएको अख्तियारले जनाएको छ । 

रकम लिनासाथ घटनास्थल पुगेको टोलीले नियन्त्रणमा लिएर हवल्दार भण्डारीलाई थप अनुसन्धानका लागि पोखरा लगेको उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.