बढ्दै माघीको माहोल: रुपन्देहीका विभिन्न ठाउँमा माघी महोत्सव

बढ्दै माघीको माहोल: रुपन्देहीका विभिन्न ठाउँमा माघी महोत्सव

भैरहवा : तराई क्षेत्रमा बसोवास गर्दैआएका आदिवासी थारु समुदायले परिवारमा मनाउँदै आएको माघी महोत्सव पछिल्लो समय महोत्सव आयोजना गरेरै समुदायको साथमा मनाउन थालेका छन् । जसले गर्दा यस पर्वको रौनक बढ्दै गएको छ ।

माघी एवं खिचडी पर्व थारु सामुदायको ठूला पर्व मानिन्छ । यस समुदायमा माघ १ गतेको दिनबाट महिनाभरी नै यो महोत्वस मनाउने गरिन्छ । थारु समुदायले प्रत्येक वर्षको माघ १ गतेलाई नयाँ वर्षको पहिलो दिनको रुपमा समेत लिन्छन् । यस पटक रुपन्देहीको विभिन्न स्थानमा महोत्वस आयोजना गरेर माघी पर्व मनाइने भएको छ ।

‘हम्मन संस्कृति, हम्मन पहिचान, सम्बर्द्धन कयना हम्मन अभियान’ नारासहित ओमसतिया सांस्कृतिक युवा क्लबले ओमसतियाको हाटी फर्साटिकरमा दोस्रो खिचडी महोत्सव एवं सांस्कृति कार्यक्रम आयोजना गरेको छ । जसमा थारु कलाको प्रर्दशनी, थारु सांस्कृतिक नाच, झुमरा नाच, झमटा नाच, लाठी नाचका साथी स्थानीय कलाकारको प्रस्तूति रहेको क्लबका सल्लहाकार दिलबहादुर चौधरीले बताए ।

थारु कला, संस्कृति र पहिचानको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । उनका अनुसार महोत्सवमा मनोरञ्जन दिनुका साथै थारु खानाहरु घोंगी, खिचडी, माछा, ढिकरीलगायतको स्वाद समेत चखाइने छ ।

महोत्सवमा थारु संस्कृति झल्कने गरी विभिन्न समाग्रीसँगै पोसाक, गरगहना, थारु नाच पनि झल्काइने चौधरीले बताए । महोत्सव अघि ओमसतियामा रहेका विभिन्न संघसंस्था, आमा समूह, क्लबहरुले आफ्नो संस्कृति झल्कने गरी र्‍याली निकाल्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.