बालुवाटारको बाटो हिड्नेलाई ओलीले केन्द्रीय सदस्य बनाए : नेता नेपाल

बालुवाटारको बाटो हिड्नेलाई ओलीले केन्द्रीय सदस्य बनाए : नेता नेपाल

दाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको बाटो हिड्ने सबैलाई प्रधानमन्त्री केपी ओलीले नेकपा केन्द्रीय सदस्य बनाएको आरोप लगाएका छन् । शनिबार दाङको तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । 

‘भेट हुने जतिलाई केपी गुटको केन्द्रीय सदस्य बनाइदिने भएकाले विवेकशील मान्छे बालुवाटारको बाटो हिड्न छोडेका छन्’, नेता नेपालले भने, ‘ओलीले मरु बजाउनेलाई केन्द्रीय सदस्य बनाए । ओलीको भजन गाउने र डमरु बजाउनेहरुले केन्द्रीय सदस्यको उपाधि पाएका छन् ।’ 

ओली समूहलाई विवेक गुमाएका चेत नभएका, सिद्धान्त नभएका र नबुझेका स्वार्थीको झुण्ड भएको आरोपसमेत नेता नेपालले लगाए  । उनले राम्रा मान्छे सडक बाटनै टिपेर ओलीको भुण्डले केन्द्रीय सदस्य बनाइ हाल्छ कि भन्ने डरले बालुवाटारको बाटो हिँड्न बन्द गरिसकेको बताए। 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीले प्रतिनिधि सभालाई हत्या गर्ने प्रयास गरेको र अहिले त्यही कारणले प्रतिनिधि सभा छटपटाई रहेको बताए । ‘प्रतिनिधिसभा मरेको छैन, केपीका कारणले छटपटाई रहेको छ’, उनले भने । 

ओली नाङगै सडकमा हिँडेका छन्

सन्की शासककै कारण ओली अहिले नाङगै हिँडेको र उनका भाइभारदार गजब छ भनेर सहर डुलाइरहेको बताए । महाराजको नाङगै सहर डुलेको कथा सुनाउँदै नेपालले केपी ओलीलाई त्योसँग तुलना गरेका हुन्। 

उनले पाटी र सरकारमा मनलाग्दी गर्दै जाँदा त्यसबाट जोगाउनु परेको बताए । उनले समूहका नाममा झेला र झमेला बनाएको बताए । नेपालले प्रधानमन्त्री ओलीलाई मूर्ख शासकको संज्ञा दिए । 

‘आफू बसेको कुर्सी पनि भाँचिदिन्छु भन्ने, घरमा भाँडभैलो मच्चाउने, संविधान माथि ‘कू’ गर्ने, कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने कार्य गरेका छन्’, नेपालले भने, ‘घर भाड्ने व्यक्ति मुर्ख नै हुन्छ, ओली मूर्ख शासक हुुन् ।’

नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले लोकतन्त्र र संविधान मार्न ओलीले असंवैधानिक कदम चालेको बताए । 

प्रचण्ड–नेपाल समूहका दाङ जिल्ला कमिटीका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्र्ती, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी लगायतले  बोलेका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.