व्यवस्थापन समिति सदस्य छनोटमा आम निर्वाचनको झल्को !

व्यवस्थापन समिति सदस्य छनोटमा आम निर्वाचनको झल्को !

सिरहा : बिहानैदेखि थुरथुर काम्ने चिसोमा महिला र पुरुष लाइनबद्ध भएर उभिएका थिए। उम्मेदवार मत माग्दै थिए। केही व्यक्ति उनीहरुको नाम मिलाउँदै थिए। नामावली अनुसार नाम मिलेका विद्यालयमा छिर्दै गए। सुरक्षाकर्मीले भीड व्यवस्थित गर्दै थिए। दृष्यमा आम निर्वाचनको झल्को देखिन्थ्यो। तर, आम निर्वाचन होइन, सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयको व्ययस्थापन समिति छनोटकै लागि मतदान हुँदै थियो।

७ वर्षदेखि विद्यालय समितिबिहीन थियो। सात वर्षसम्म पटकपटक समिति गठनका लागि अभिभावक भेला बोलाइयो तर, चरम राजनीतिका कारण समिति गठन हुन सकेन। स्थानीय राजनीतिक दलले आ–आफ्नो दाबी गर्थे। बैठक निष्कर्षबिहिन बन्न पुग्थ्यो। समिति नहुँदा विद्यालयको अवस्था खस्किदैँ गएको थियो। 

धेरै मेहनतपछि राजनीतिक दलकै दबाबमा व्यवस्थापन समिति बनाउन निर्वाचन गराउनुपरेको प्रधानाध्यापक लालदेव साहले सुनाए। चुनाव गराउन नगरपालिकाबाट पनि कर्मचारी खटिएका थिए।  बुधबार ४ सदस्यका लागि भएको निर्वाचनमा निर्वाचन राजनीतिक दलका स्थानीय नेताले प्यानल बनाएर प्रतिस्पर्धामा उत्रेका छन्। गत पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो। प्रावधान अनुसार निर्वाचित भएका सदस्य, मनोनित सदस्य, शिक्षक प्रतिनिधि, वडाअध्यक्षसहितले एकजनालाई पछि अध्यक्ष छनोट गर्नेछ। 

  

जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट नेताहरुले ४ सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका छन्। जसपाबाट शत्रुधन यादव, कांग्रेसबाट राजकिशोर साह, नेकपाबाट किशोरी मण्डल र नथुनी यादवले प्यानल बनाएर उम्मेदवार भएका छन्। 

स्थानीयका अनुसार नेकपामा यहाँ दुईवटा समुहमा विभाजन भएका छन्। एउटामा किशोरी र अर्को समुहलाई नथुनीले नेतृत्व गरिरहेका छन्। यसैगरी राजकिशोर साह जसपाकै थिए। उनलाई पार्टीले सदस्यमा समर्थन नगरेपछि कांगे्रसको समर्थनमा उम्मेदवार भएका छन्।

मतदानस्थलमा पनि उम्मेदवारले मत खसाल्न आउने अभिभावकलाई आफूतिर प्रभावित गर्न खाजा खुवाएका थिए। ९९५ जना अभिभावकमध्येबाट ६९२ जनाले साँझसम्ममा मतदान गरेको प्रअ साहले जानकारी दिए। निर्वाचन गराउन विद्यालयको १ लाख रुपैयाँ भन्दा बढी खर्च भएको उनले बताए। निर्वाचित भएपछि विद्यालयमा सुधार ल्याउने उम्मेदवारले बताएका छन्। 

उम्मेदवारले गाउँ–गाउँमा पुगेर अभिभावकसँग मत माग्न पैसाको पनि चलखेल गरेको स्थानीय संजय महराको आरोप छ। ‘हप्तौँ अगाडिदेखि निर्वाचन जस्तै चहलपहल अभिभावक समक्ष नेताहरुले गरिरेहका थिए,’ उनले भने,‘राजनीतिकै कारण विद्यालय चौपट भएको छ। तर पनि नेताहरु राजनीति अखडा बनाउन छोडेका छैनन्।’ समितिका अध्यक्ष भए विद्यालयमा आर्थिक चलखेल गर्न पाउने लोभले यस्तो अवस्था देखिएको उनले सुनाए। 

‘अभिभावक मात्रै भेलामा बस्दा सर्वसम्मतीबाटै निकास आउथ्यो तर, नेताहरुले दबाब बढाउन थालेपछि सहमति भएनन्,’एक अभिभावकले भने,‘गरिब पढ्ने विद्यालयमा राजनीतिले कहिले नछोड्ने भयो।’ उनका अनुसार नेताहरुले आफ्नो छोराछोरी बाहिर राखेर यहाँ राजनीति गरिरहेका छ। 

  
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.