लमजुङमा मध्यपहाडी लोकमार्गको विवाद सात वर्षपछि मिल्यो

लमजुङमा मध्यपहाडी लोकमार्गको विवाद सात वर्षपछि मिल्यो

बेंसीसहर : मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत लमजुङको सुन्दरबजार क्षेत्रमा भएको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो क्षेत्रमा विवाद सुल्झन नसक्दा सडक निर्माण सुरु हुन सकेको थिएन ।

सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने सरकारी योजनाको विरोधमा स्थानीय उत्रिएका थिए । उनीहरूले सडक निर्माणका लागि रेखांकन (सर्भे) समेत गर्न दिएका थिएनन् ।

लामो समयदेखिको विवादको सम्बन्धमा जानकारी लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलिया, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालय काठमाडौंका आयोजना निर्देशक दिपक केसीलगायतको टोली लमजुङ आएको  थियो । उक्त टोलीले नगरपालिका प्रमुख, वडाध्यक्ष, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीयलगायतको छलफलबाट काम सुरु गर्ने सहमति गरेको हो । 

स्थानीयको अवरोधका कारण काम हुन नसकेको सुन्दरबजार क्षेत्रमा ८ किलोमिटर सडक निर्माणका लागि डीपीआर हुने सहमति भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले जानकारी दिए । उनका अनुसार पाउँदी ढिक–सुन्दरबजार–खत्रीठाँटी–थाक्लेचौतारा (किरिञ्चे) सम्मको सडकको काम अघि बढाउने सहमति भएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विवाद रहेको पाउँदी ढिक–सुन्दरबजार–खत्रीठाँटी–थाक्लेचौतारा (किरिञ्चे) सम्मको सडकको काम यसै आर्थिक वर्षभित्र काम सुरु हुने बताए । नागरिकले लोकमार्ग निर्माण हुँदा धेरै नोक्सान हुने कुरा उठाइरहेकाले त्यसलाई ख्याल गरेर काम गर्ने उनले बताए ।

स्थानीयको अबरोधले ६ वर्षदेखि सर्भे समेत हुन सकेको छैन् । बस्तीभित्रको सडकको लगत कट्टा भएको छैन। स्थानीयले संघर्ष समिति बनाएर अवरोध गरिरहेका थिए । मुख्यमन्त्री गुरुङले संघर्षमा उत्रिएका आफ्नै कार्यकर्ता नवीन श्रेष्ठलाई वडाअध्यक्ष बनाएर फकाउने प्रयास गरे पनि सफल हुन सकेको थिए ।


स्थानीयको अवरोधले दायाँबायाँ क्षेत्रमा सडक निर्माण भए पनि सुन्दरबजार क्षेत्रमा लोकमार्ग निर्माण हुन सकेको छैन । पाउँदीदेखि सुन्दरबजार हुँदै खत्रीठाँटी भएर किरिञ्चेखोला पुग्नेगरी सडक निर्माण गरिने भनिएको छ । करिब ८ किमिको क्षेत्रमा सर्भे भएको छैन् । लोकमार्गको मापदण्ड अनुसार दायाँबायाँ ३१÷३१ मिटर फराकिलो बनाएमा बजार ध्वस्त हुने र अर्बौं रुपैयाँको नोक्सान हुने स्थानीय बताउँछन् । 

पाउँदीदेखि सुन्दरबजार, खत्रीठाँटी हुँदै किरिञ्चेसम्म यसअघिको कच्ची सडकलाई पछयाँदै सडक निर्माण गर्ने आयोजनाको योजना छ । यसअघि सडक भएकाले यही सडकलाई पछयाएमा खर्च कम लाग्ने आयोजनाको दाबी छ । तर, उक्त सडकको लगत कट्टा नगरेको, सडक भएकै ठाउँबाट अधिग्रहण गरेर सडक लाँदा प्रायः सबै सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएका हुन् । 

स्थानीय द्वारिकाप्रसाद मिश्रले लोकमार्गको मापदण्ड लागु गरिए सार्वजनिक संरचनासहित ८ सय १३ घर विस्थापित हुने बताए । मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङका अनुसार पुर्वको पाँचथर देखि पश्चिम बैतडीसम्मको एकहजार ७ सय ८७ किलोमिटर लम्बाईको मध्यपहाडी लोकमार्ग लमजुङमा ४५ किलोमीटर पर्छ । 
 
गुरुङका अनुसार लोकमार्गअन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदी खण्डमा कालोपत्रे भैसकेको छ। मस्र्याङ्दी वारिपारि तार्कुघाट र पाउँदीमा कालोपत्रे भएको हो। यो सडकखण्ड लमजुङतर्फ साढे ९ किलोमिटर र गोरखातर्फ चेपेनदीदेखि ठाँटीपोखरीसम्म साढे ६ किमि पर्छ। यसैगरी लमजुङ खण्डमा थप ९ किमि सडक कालोपत्रे तयारी गरिएको छ । लोकमार्गको पश्चिम खण्ड (प्लट नं.–८) अन्तर्गत सुन्दरबजार–५, घुमाउने चौतारादेखि मध्यनेपाल नगरपालिकाको सिमानासम्म १६.२ किमि सडकखण्डको केही स्थानमा कालोपत्रे भएको गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.