बन्दै छ वेदव्यासको मूर्ति

बन्दै छ वेदव्यासको मूर्ति

दमौली : दमौलीमा व्यासको १ सय ८ फिट अग्लो मूर्ति बनाउन टेन्डर प्रक्रिया अघि बढाइएको छ। ४ वेद, १८ पुराण र महाभारतका रचयिता वेदव्यास जन्मिएको व्यास गुफा क्षेत्रमा उनको विश्वकै ठूलो मूर्ति बनाउन लागिएको छ। 

व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषले निर्माण गर्न लागेको मूर्तिका लागि व्यास नगरपालिकामार्फत टेन्डर प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले भने, ‘अब काम अघि बढाउन तत्काल ई–बिडिङमार्फत प्रक्रिया अघि बढाइएको छ।’ मूर्तिको काम अघि बढाउन प्रारम्भिक चरणमा स्थानीय स्रोतबाट ४ करोड रुपैयाँ जुटेको छ। 

व्यास नगरपालिकामार्फत टेन्डर प्रक्रियाका लागि कोषले महायज्ञबाट संकलन गरेको डेढ करोड रुपैयाँ व्यास नगरपालिकाको खातामा पठाउनेछ। यसैगरी कोषले थप ५० लाख सहयोग संकलन गर्नेछ। प्रदेश सरकारबाट आउने प्रतिबद्धता आएको  ५० लाख तथा व्यास नगरपालिकाले दिने प्रतिबद्धता जनाएको डेढ करोड रुपैयाँसमेत गरेर तत्कालका लागि चार करोडमा बहुवर्षीय निर्माणका लागि टेन्डर आह्वान गरिने अध्यक्ष श्रेष्ठले बताए। 

कोषका सदस्य दिनेशकुमार श्रेष्ठले टेन्डर आह्वानपूर्व नै कोषको खातामा रहेको रकम नगरपालिकाको खातामा जम्मा गरिने जानकारी दिए। यसबारे व्यास नगरपालिकाले कोष, प्राविधिक तथा जनप्रतिनिधिबीच छलफल गरेको थियो। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले नगरपालिकमार्फत टेन्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। तर, निर्माणको अनुगमन र अरू काममा भने कोषको पनि भूमिका रहनेछ। कोषले यसका लागि परामर्शदाता छनोटसमेत गर्ने तयारी गरेको छ। व्यासको मूर्तिसहित पौराणिक तथा ऐतिहासिक सम्पदा तयार पार्न झन्डै ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.