जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै

जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै

काठमाडौं : नेपाली सेना  जङ्गी अड्डामा ‘एकीकरण मार्ग कार्यक्रमसबन्धी बृहत् सेमिनार’ गर्ने भएको छ। उक्त मार्गको अवधारणा, नेपालको ऐतिहासिक गढी र किल्लाको सम्पूर्ण जानकारी, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत समसामयिक विषयमा गहन छलफल हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानमन्त्री तथा रक्षामन्त्रीले उक्त सेमिनार समापन समारोहलाई सम्बोधन गर्ने छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले यही माघ २२ गते उद्घाटन गर्नु हुने उक्त सेमिनार माघ २३ र २५ गते सञ्चालन हुनेछ। 
 

उक्त सेमिनारमा पुरातत्व, इतिहास र भूगोलविद्, सरकारका उच्चपदस्थ अधिकारी, पर्यटन व्यवसायी, प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, उच्च सैनिक अधिकृत, विद्यार्थी र पत्रकारको सहभागिता हुनेछ। नेपालको एकीकरणका क्रममा त्यस बेला पृथ्वीनारायण शाह र गोर्खाली सेनाले प्रयोग गरेको बाटोलाई एकीकरण मार्गको नाम दिई सेनाले  पछिल्लो  उक्त मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी मुलुकको समृद्धिसग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
  
ऐतिहासिक सम्पदाकारुपमा रहेका गढी तथा किल्लाको संरक्षण र सम्वद्र्धन गर्दै राष्ट्रिय एकताको भावना जगाउन योगदान पुगोस् भन्ने हेतुले सेनाले उक्त कार्यक्रम गर्न लागेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.