राप्तीमा प्रदेश विकास प्राधिकरण कार्यालय
दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रमा प्रदेश पुर्वाधार विकास प्राधिकरण स्थापना गरिएको छ ।
बुटवलमा रहेको प्राधिकरणको कार्यालय स्थानीय राजधानी राप्ती उपत्यकमा भए पछि राप्तीमा कार्यालय खोलिएको हो ।
राप्ती गाउँपालिकाको बिजौरीमा शुक्रबार प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले एक कार्यक्रमका बीच प्राधिकरणको कार्यालय उद्घाटन गरेका छन् ।
प्रदेशको विकासलाई वैज्ञानिक बनाउने विकासलाई प्रभावकारी रुपमा लैजान प्रदेश राजधानी राप्ती उपत्यकामा प्रदेश विकास प्राधिकरण स्थानपना गरिएको हो । राजधानी तोकिएको क्षेत्रमा प्रदेशको पहिलो कार्यालय अन्तरगत प्राधिकरको कार्यालय स्थापना गरिएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रमा प्रदेश पुर्वाधार विकास प्राधिकरण स्थापना गरिएसंगै यस क्षेत्रको योजनाबद्ध विकासको काम पनि सुरु हुने प्राधिकरणले जनाएको छ ।
जुन कार्यालयले प्रदेश स्थायी राजधानीका संरचना निर्माण गर्नेछ । संरचना निर्माण भएपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने गरि प्रदेश सरकारले तयारी थालेको बताइएको छ । अहिले प्रदेशेका अस्थायी राजधानी बुटवलमै रहेको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रलाई विश्वकै नमुना सहरका रुपमा विकास गर्ने योजना रहेको र त्यही अनुसार काम अघि बढने बताए।
प्राधिकरण स्थापना भएसंगै अब राजधानी क्षेत्रको गुरुयोजना तयार हुने र सोही अनुसार विकासका पुर्वाधार निर्माण हुने उनको भनाइ छ । उनले राजधानी क्षेत्रमा ढल निकास निर्माणसंगै विद्युत, टेलिफोन र इन्टरनेटको तारलाई जमिन मुनिबाट विस्तार गरिने बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताए । उनले देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको समेत बताए ।
प्रदेश सरकारले व्यवसायीक क्षेत्रका लगि सबै जग्गामा मास्टर प्लान बनाउने बताए । उनल प्रदेशको व्यवस्थित सहर बन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निमार्ण हुने बताए । उनले पालिकाहरुलाई पूर्वाधार निर्माणका लागि धेरै खर्च नगर्न समेत अनुरोध गरेका छन् ।
राप्ती उपत्यकामा स्थापना भएको प्रदेश विकास प्राधिकरणको कार्यालय ।