बिजुलीका पोलले दुर्घटनाको जोखिम

बिजुलीका पोलले दुर्घटनाको जोखिम

हेटौंडा : हेटौंडाका सडकमा रहेको बिजुली पोलले दुर्घटनाको जोखिम बढाएको छ। सडकमा रहेका बिजुलीका पोलका कारण दैनिकजसो दुर्घटना हुने गरेको मकवानपुर ट्राफिक प्रहरीको तथ्यांक छ। 

सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा पहिला नै रहेका बिजुलीका पोलको व्यवस्थापन नगरी करोडौं रुपैयाँ बजेट सडक निर्माणमा खर्चिएको छ। हेटौंडा उपमहानगरपालिकामा मात्रै झन्डै पाँच सय वटा बिजुलीका पोल सडकमा नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तर, सडक निर्माण गर्ने हेटौंडा उपमहानगरपालिका र विद्युत् पोल गाड्ने विद्युत् प्राधिकरण भने एकअर्कालाई देखाएर पन्छिने गरेको छ। प्राधिकरणका हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले आवश्यक कागजात नपुगेकाले पोल सार्न र हटाउन नसकिएको बताए। प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि–२०७६’ लागू गरिसकेकोले कार्यविधिअनुसार सम्बन्धित व्यक्ति वा संस्थाले आवश्यक कागजात नल्याउँदा पोल सार्न नसकिएको दाबी गरे।  ‘सडक विस्तार गर्ने क्रममा हामीसँग समन्वय गरिँदैन। बीच सडकमा पोल देखिए पनि प्रक्रियाअनुसार कागजात नआए हामीले सार्न मिल्दैन’, ठाकुरले भने, ‘स्थानीय तहले चासो नदेखाउँदा हामीले बीच सडकमा भएका पोल सार्न सकेका छैनौं।’ 

कार्यविधिअनुसार विद्युत् पोल व्यक्ति भए जग्गाको लालपुर्जाको फोटोकपी र ट्रेस नक्सा, पोल सार्न सधियारको सहमति, वडाध्यक्षको सर्जमिन मुचुल्का र वडा कार्यालयको सिफारिस चाहिने उनले बताए। ‘संस्थाको जग्गामा भएपनि सोही प्रकृतिको कागजात चाहिन्छ’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.