गाउँकैमा आकर्षण
भोजपुर : केही वर्षअघिसम्म जिल्लाका दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारण छोराछोरीलाई उच्च शिक्षा पढाउन सहर पठाउँथे। न्यून आयस्रोतका सर्वसाधारण ऋणपान गरेरै धरान, इटहरी, विराटनगर, काठमाडौं, पोखरालगायत सुविधासम्पन्न सहर पठाउने चलन थियो। तर, अहिले भने अवस्था फेरिएको छ। गाउँमै उच्च शिक्षा पाएपछि क्याम्पसमा विद्यार्थीको मोह बढ्न थालेको छ। घर पायकमै क्याम्पस र प्लस टु कलेज धमाधम खुलेपछि महँगो खर्च गरेर ठूला सहरबजार धाउनुपर्ने बाध्यता हटेको हो।
‘गाउँमा क्याम्पस भएपछि ठूला सहरमा महँगो खर्च धानेर पढ्नु परेको छैन। यहीँ ठीक छ।’ साल्पासिलिछो गाउँपालिका—४, खाटम्माकीरितु राईले भनिन्, ‘घरमा बा–आमालाई मेलापातमा पनि सघाइने, यता घरकै खाना खाएर पनि पढ्न भ्याइने। अन्यत्र गएर व्यर्थ खर्च गरी पढ्नु पर्दैन।’ सदरमुकामदेखि तीनदिन पैदल पर्ने कुलुङस्थित २०६६ सालमा स्नातक तहको क्याम्पस स्थापना भएपछि रितुजस्ता कयौँ दुर्गम भेगका विपन्न विद्यार्थीलाई सहज भएको छ। विपन्न समुदायका विद्यार्थीलाई लक्षित गरेर स्थानीयवासी आफैंले चन्दा संकलनबाट स्थापना गरेको कुलुङ बहुमुखी क्याम्पसले विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा लिन सहज भएको छ। आर्थिक रूपले बाहिर गएर पढ्न सक्ने क्षमता, सामथ्र्य नभएका विपन्न वर्गका विद्यार्थी क्याम्पसमा लाभान्वित हुने गरेको प्राध्यापक अशोककुमार यादवले बताए। उनका अनुसार एक वर्षभित्र डेढसयको हाराहारीमा स्नातक तहमा विद्यार्थी संख्या बढाउने क्याम्पसले लक्ष्य राखेको छ।
घरपायकमै उच्च शिक्षा पाउँदा समय र पैसाको बचत हुने गरेको भोजपुर बहुमुखी क्याम्पस स्नातक तह दोस्रो वर्षमा अध्ययनरत प्रतिमा राईले सुनाइन्। भनिन्, ‘घरदेखि १५ मिनेटको दूरीमै क्याम्पस पुगिन्छ, घरको काम सकेर पनि पढ्न भ्याइन्छ, राम्रो चाहेको पढ्न पाइन्छ, किन अरू सहर खोज्दै जानुप¥यो र, यही सबै छ’, सहज, सरल, स्पष्ट रूपमा संकायगत विषयहरूमा पठनपाठन हुने यहाँका क्याम्पसमा ग्रामीण विद्यार्थीलाई बस्नका लागि व्यवस्थित छात्रावास, सहज कक्षाकोठा, सुलभ इमेल–इन्टरनेटसहितका पुस्तकालय, पाठ्यपुस्तक र छात्रवृत्तिको व्यवस्थाले झनै आकर्षित गरेको छ। घरपायकमै
उच्च शिक्षा पाउँदा समय र पैसाको बचत भएको स्थानीय टेकबहादुर प्रधान सुनाउँछन्। उनले घरपायकमै उच्च तहका पठनपाठन भएपछि आफूजस्ता न्यून आयस्रोतका अभिभावकले पनि आफ्ना छोराछोरीलाई सजिलै पढ्न पठाउन सकेको बताए।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्ने भोजपुर बहुमुखी क्याम्पस, षडानन्द बहुमुखी क्याम्पस र कुलुङ बहुमुखी क्याम्पस गरी तीन वटा आंगिक क्याम्पस सञ्चालनमा छन्। सहज, सरल, स्पष्ट रूपमा
संकायगत विषयहरूमा पठनपाठन हुने यहाँका क्याम्पसमा ग्रामीण विद्यार्थीलाई छात्रावास, सहज कक्षाकोठा, सुलभ इमेल–इन्टरनेटसहितका पुस्तकालय, पाठ्यपुस्तक र छात्रवृत्तिको व्यवस्थाले झनै आकर्षित गरेको छ। दक्ष प्राध्यापकबाट सहजीकरण र अध्यापन गरिने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो।
आर्थिक रूपले बाहिर गएर पढ्न नसक्ने विद्यार्थी बढीभन्दा बढी लाभान्वित हुने गरेको प्राध्यापक इन्द्रदेव राईले बताए। यस्तै शैक्षिक गुणस्तरको हिसाबले जिल्लाभित्र अध्ययन गर्ने विद्यार्थी बाह्य क्याम्पसको तुलनामा अब्बल भएको उनको बुझाइ छ। पढाइसँगै सीपमूलक कार्यमा संलग्न हुने विद्यार्थी तुलनात्मक हिसाबले अब्बल रहेको प्राध्यापकहरूको दाबी छ। पढाइसँगै सीपमूलक कार्यमा संलग्न हुने विद्यार्थी तुलनात्मक हिसाबले अब्बल रहेको प्राध्यापक राईले बताए।