डोटीमा १० प्रतिशत मतदाता वृद्धि

डोटीमा १० प्रतिशत मतदाता वृद्धि

डोटी : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ ।  डोटीमा पनि निर्वाचन सम्बन्धि गतिविधिहरु अघि बढेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । निर्वाचनको तयारीका विषयमा जिल्ला निर्वाचन कार्यालयले सरोकारवालासँग चरणवद्ध छलफल गरिरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख दलबहादुर मलासीका अनुसार २०७४ सालमा भएको निर्वाचनभन्दा यस निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिएका छन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरि एक लाख ६ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।

उक्त निर्वाचनमा संघीय प्रतिनिधि सभाका लागि प्रत्येक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४.७९ प्रतिशत मत खसेको थियो । यस्तै समानुपातिकतर्फ ६९ हजार एक सय ४९ मत खसेको मलासीले जानकारी दिए । खसेका मतमध्ये प्रत्येक्षतर्फ तीन हजार नौ सय १० र समानुपातिकतर्फ सात हजार चार सय १६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

‘अहिले कुल मतदाता संख्या एक लाख १७ हजार ६ सय १७ छ’ निर्वाचन कार्यालय प्रमुख मलासीले भने ‘जसमा महिला ६२ हजार तीन सय ४१ र पुरुष ५५ हजार दुई सय ७६ मतदाता रहेका छन् ।’ १५ गतेदेखि २१ गतेसम्म दावी बिरोधको समय तोकिएको समेत उनले जानकारी दिए ।

उनले माघ १५ देखि २१ सम्म नौ वटै स्थानीय तहको कार्यालयमा दावी बिरोधको समय राखिएको वताए । त्यो अवधीमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने मलासीले बताए । 

आठ केन्द्र बढ्न सक्ने

जिल्ला निर्वाचन कार्यालय, डोटीका प्रमुख मलासीले जिल्लामा मतदान आठ केन्द्र बढ्न सक्ने सम्भावना रहेको बताए । ‘निर्वाचन स्थल त बढ्दैनन् तर मतदाता संख्याको आधारमा आठ जति मतदान केन्द्र बढ्न सक्छन्, 'उनले भने, ‘त्यो पनि २१ गतेपछि मतदाताको अन्तिम नामावली तयार भएपछि थाह हुन्छ ।'

२०७४ को निर्वाचनमा जिल्लाका एक सय १५ स्थानहरुमा एक सय ५७ मतदान केन्द्र रहेका थिए । अब एक सय ६४ वा ६५ हुने सम्भावना रहेको वताए । उनले मतदान स्थलहरु थप्नु पर्ने भन्दै बिभिन्न क्षेत्रबाट माग आएको भएपपिन व्यवस्थापन गर्न समस्या हुने बताए । आयोगको निर्देशन अनुसार कार्यालयले निर्वाचन सम्वन्धी कार्यक्रमहरु अघि वढाईरहेको मलासीले बताए ।

निर्वाचन तयारीमा जुट्यो सुदूरपश्चिम प्रदेश प्रहरी

सरकारले गते पुष ५ गते प्रतिनिधि सभा बिघटन गरि आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले निर्वाचनको तयारी थालेको छ । आयोगको तयारीसंगै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि निर्वाचन सुरक्षाको तयारी थालेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रहरी निर्वाचन सुरक्षाको तयारीमा जुटेको जानकारी दिए । ‘प्रदेशस्तरमा प्रहरी बरिष्ठ उपरीक्षक मोहन आचार्यको नेतृत्वमा प्रदेश निर्वाचन सेल गठन भएको छ,' प्रवक्ता सिंहले भने, 'प्रदेशभित्र पर्ने दुई तराईका जिल्लाहरु कैलाली र कञ्चनपुरमा प्रहरी नायव उपरीक्षक र अन्य सात जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा जिल्ला निर्वाचन सेल गठन भइसकेका छन् ।’

प्रदेश र जिल्ला सेलहरुले निर्वाचन सुरक्षाका लागि चाहिने जनशक्ति र आवश्यक सामग्रीहरुको अध्ययन भइरहेको प्रवक्ता सिंहले बताए । उनले भने ,'निर्वाचन सुरक्षाका लागि कति जनशक्ति आवश्यक हुन्छ र हामीसँग कति उपलव्ध छ भन्ने विषयमा जिल्ला र प्रदेश सेलहरुले अध्ययन गरिरहेका छन् ।'

अपुग हुने सामग्री र जनशक्ति एकिन भएपछि सो को व्यवस्थापन गरिने सिंहले जानकारी दिए । सिंहका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७४ को निर्वाचनमा एक हजार एक सय नौ मतदान स्थल र एक हजार एक सय ८४ मतदान केन्द्र रहेका थिए । 'प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी ज्यूको संयोजकत्वमा मतदान स्थल र केन्द्र पुनरावलोकन समिति छ, सिंहले भने ‘उक्त समितिले थपघट गर्‍यो भने मतदानस्थल र केन्द्रहरु केही बढ्न सक्छन् ।’ निर्वाचन सुरक्षाको तयारीमा जुट्नका लागि केन्द्रबाट आएको निर्देशन अनुसार प्रदेश प्रहरी कार्यालयले तयारी गरिरहेको सिंहको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.