ताप्लेजुङमा आगलागी हुँदा पाँच घर जले

ताप्लेजुङमा आगलागी हुँदा पाँच घर जले

ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ सिनाममा मंगलबार दिउँसो आगलागी भएको छ ।

आगलागीबाट ५ घर जलेका छन् । स्थानयि  दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेको स्थानीयले बताएका छन् । 

स्थानीय भीम थेबेका अनुसार दिउँसो करिब साढे तीन बजे आगलागी सुरु भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो । 

आगलागीबाट मानवीय क्षति भने नभएको सिनाम बहुमुखी क्याम्पसका प्रमुख महेन्द्र गौतमले जानकारि दिए । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । 

इलाका प्रहरी कार्यालय तेल्लोकका प्रमुख अर्जुन पोख्रेलका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा आगो सल्किएको हो। आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पोख्रेलको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.