२१२ प्रकास वर्ष टाढा भेटियो नयाँ ग्रह, जहाँ ग्यास बल्छ र पानीको वर्षा हुन्छ !

२१२ प्रकास वर्ष टाढा भेटियो नयाँ ग्रह, जहाँ ग्यास बल्छ र पानीको वर्षा हुन्छ !

वासिंटन: नासाको हब्बल टेलिस्कोपले बृहस्पति आकारको ग्रहमा मौसम प्रणालीको संकेत क्याप्चर गरेको छ ।

यहाँको तापमान २,१९५ फरेनहाइट भएको नासाले जनाएको छ । एसआरओएन नेदरल्याण्डस् इन्स्टिट्युट अफ स्पेस रिसर्च र युनिभर्सिटी अफ ग्रोनिगनले डब्लुएएसपी–३१ बी को तस्वीरमाथि अध्ययन गरेका छन् ।

नासाका अनुसार यस ग्रहको एकातर्फको हिस्सा सँधै सूर्यबराबर आफ्नो तारातर्फ नै रहन्छ । यहाँको तापमान २१९२ डिग्री हुन्छ ।

अध्ययनण्कर्ताले यस ग्रहलाई ट्वाइलाइटल जोनमा क्रोमियम हाइड्राइड फेला पारेका हुन् । यहाँ तापमान र दवावका कारुण तरल र ग्यास अवस्थामा रहन्छ । रात भएको क्षेत्रमा वर्षा हुने दिन हुने क्षेत्रमा ग्यास हुने नासाले बताएको छ ।

वैज्ञानिकका अनुसार कुनै पनि ग्रहमा जीवन छ वा छैन भन्ने जानकारी लिन त्यहाँको मौसम प्रणाली अध्ययन गर्नु जरुरी हुन्छ ।

डब्लुएसपी–३१ बी बृहस्पति भन्दा डेढ गुणा ठूलो छ । तर, यसको द्रव्यमान भने बृहस्पतिको आधा छ । यो आफ्नो ताराको एक चक्कर ३.४ दिनमा लगाउने गर्दछ । परियोजनाका नेतृत्वकर्ता माइकिल मिनका अनुसरा तातो बृहस्पतिजस्तो देखिने यो ग्रहको एक क्षेत्र सधै आफ्नो तारातर्फ नै हुने गर्दछ । कुनै ताराको चक्कर लगाउने यो ग्रह (एक्सोप्लानेट) पृथ्वीबाट निकै टाढा छ ।

त्यही पुगेर अध्ययन गर्नका लागि हालसम्म विकसित प्रविधिको विकास पनि भइसकेको छैन । यद्यपि टेलिस्कोप र पृथ्वीमा रहेका अन्य उपकरणको मद्दतले यो ग्रहबारे अध्ययन गर्न सकिने मिनले बताएका छन् ।

यो ग्रह पृथ्वीबाट २१२ प्रकाश वर्ष टाढा वर्गो तारामण्डलमा स्थित छ । अनुमानअनुसार सूर्यबाट पृथ्वीको जति दूरी छ यो ग्रहको आफ्नो तारासँगको दूरी करिब १६ गुणा बढी छ । युनिभर्सिटी अफ मोन्ट्रियलका रिसर्चसले ग्रहको आकार र घनत्व पत्ता लगाएका हुन् । यसको घनत्व कम हुनुले पृथ्वीको द्रव्यमानभन्दा यस ग्रहको कोर करिब चार गुणाभन्दा बढी नभएको अध्ययनकर्ताले बताएका छन् । साथै यसको ८५ प्रतिशत तौल ग्यासको मोटो परतको रुपमा रहेको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.