लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण, २ अर्ब ५४ करोडको सेयर कारोबार

लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण, २ अर्ब ५४ करोडको सेयर कारोबार
सुन्नुहोस्

काठमाडौं : सेयर बजार सामान्य अंकले घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ। मंगलबारको तुलनामा कारोबार रकम करिब ४० करोडले बढी हो।

०.२१ अंकले घटेको सेयर बजारमा ३०५ स्क्रिप्सको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन मंगलबार २ अर्ब १४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। ​​​​​​​सेन्सेटिभ इण्डेक्स ०.०४ प्रतिशतले घटेर ३४९.४० विन्दुमा अडिएको छ।

यसदिन एउटा मात्रै कम्पनीको सेयर ९.९९ प्रतिशतले बढ्यो। इनफिनिटी  लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।यसैगरी दोल्टी पावर कम्पनीको सेयर ९.७४,समता घरेलु लघुवित्त वित्तीयको ९.६७,ग्रामीण विकास लघुवित्त संस्थाको ८.२१ र सिर्जनशील लघुवित्त वित्तीयको ७.४५ प्रतिशतले मूल्य बढेको हो।

यसदिन कुमारी सबल योजनाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा  फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रह्यो। सो फाइनान्सको १० करोड ६० लाख मूल्य बराबरको सेयर कारोबार भयो।

आज ४ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.११  प्रतिशतले बढ्यो।कारोबारमा आएका १२४ स्टकको मूल्य बढ्दा १०७ वटाको घट्यो भने १२ वटाको मूल्य स्थिर रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.