तनहुँमा सवारी दुर्घटना, दुईको मृत्यु, चार घाइते

तनहुँमा सवारी दुर्घटना, दुईको मृत्यु, चार घाइते

दमौलीः तनहुँका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको ज्यान गएको छ । घटनामा परी चारजना घाइते भएका छन् ।

व्यास ६ साँजास्थित बाकोरे खोलास्थित कच्ची सडकमा एक ट्याक्टर सडकबाट झण्डै तीन सय मिटर तल खसेर भएको दुर्घटनामा परी बालकको ज्यान गएको छ । 

स्थानीय ९ वर्षका सरोज थापाको ट्याक्टरले चापिएर मृत्यु भएको हो । साँजाबाट सेखाटार तर्फ जाँदै गरेको ग १ त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रत भएर दुर्घटना भएको हो ।  दुर्घटनामा ट्याक्टर चालक तनहुँ व्यास नगरपालिका ६ सेखाटार बस्ने बुद्दी श्रेष्ठ र सरस्वती थापा घाइते छन् । घाइतेको दमौली अस्पतालमा उपचार भइराखेको छ ।

घाँसीकुवामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
व्यास १२ घाँसीकुवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् ।

दिउँसो भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ ८ निवासी २२ वर्षका गोविन्द मगर छन् । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०१ नम्बरको अटोसँग बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा दुर्घटनामा भएको हो । 

दुर्घटनामा धादिङ ८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष घाइते भएका छन्। 

घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.