कार्यसूची विवादले प्रदेश १ प्रदेशसभा बैठक बस्‍न सकेन

कार्यसूची विवादले प्रदेश १ प्रदेशसभा बैठक बस्‍न सकेन

विराटनगर : कार्यसूचीमा विवाद हुँदा आइतबार बस्ने भनिएको प्रदेश १ प्रदेशसभाको बैठक तोकिएको समयमा बस्न सकेन । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक कार्यव्यवस्था समिति बैठकले कार्यसूची तय गर्न नसक्दा तोकिएको समयमा बस्न नसकेको हो । अहिले पनि कार्यसमिति बैठकमा कार्यसूची के राख्ने भन्ने विषयमै छलफल भइरहेको छ । 

सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन नसक्ने र संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री राईले निलम्बन गर्नुभएका १६ जना सांसद प्रदेशसभामा सहभागी हुन नपाउने अडान राखेपछि बैठक लम्बिएको बताइएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको संसद बैठकका लागि प्रदेशसभा सदस्य संसद भवन आइसकेका छन् । 

यसअघि प्रदेशसभा बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री राईबीचको छलफलपछि तय हुने बताइएको थियो । प्रदेश प्रमुखले पठाएको संसद अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर अघिल्लो बैठक स्थगित भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.