सत्ताको स्वाद

सत्ताको स्वाद

स्वार्थ बाझिनासाथ सम्पूर्ण दोषहरू एकले अर्कालाई भिराइरहेका छन् हाम्रा नेताहरूले


आज नेपाली राजनीतिज्ञहरूको चर्तिकला देखेर जोकसैले पनि तीप्रति विश्वास गर्न छाडिसकेका छन्। सर्वविदित तथ्य हो, राजनीति भनेको नीतिहरूको माउ हो, यो सबैभन्दा महŒव र मूल्यवान् नीति हो। सबैले मानेका छन्, राजनीतिप्रतिको भरोसामा समाज अडिएको हुन्छ। जब राजनीति चलाउने राजनीतिज्ञहरूले आफ्नो मार्ग छाड्छन्, अझ स्पष्ट भनूँ– जब ती पथभ्रष्ट हुन्छन् तब समाजको विश्वास टुट्न थाल्छ र भरोसाको पर्खाल ढल्न पुग्छ। जहाँ विश्वास हुँदैन, जहाँ भरोसा हुँदैन त्यहाँ सही केही पनि हुँदैन। सही मार्गमा नचलेको समाजले भरिएको समाज कदापि प्रगतिपथमा लम्कन सक्दैन।

राजनीति गर्नुको नाममा जे बोले पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने राजनीतिक परिभाषा वर्तमान समयमा स्थापना गर्न खोजेको भान हुन्छ, आजको राजनीतिक क्षेत्रमा। त्यसैले यहाँ यो प्रश्न जायज छ, राजनीति गर्नुको लक्ष भनेको सत्ता प्राप्ति हो ? एक व्यक्तिले राज गरिरहेको सत्ता उसैले बचाएर राख्न खोज्नु वा अर्को व्यक्तिले त्यो सत्ता हत्याउनु खोज्नु नै राजनीति गरिनु हो ? अहिले नेकपा–झगडामा चलिरहेको आन्दोलन (?) हेर्दा त्यो सत्तासंघर्षसिवाय अन्यत्र परिलक्षित देखिँदैन।

गणतन्त्रलाई मनैदेखि मानीनमानी स्वीकार गरिसकेको राप्रपाले फेरि राजतन्त्रको आवाज बुलन्द गरिरहेको छ। यसको भित्री पाटो केलाउने हो भने नेकपाभित्रको अन्तरसंघर्षको लडाइँमा उसले उठाउन खोजेको फाइदाका रूपमा यसलाई बुझ्न सकिन्छ। के राजनीतिज्ञको चरित्रमा अडान भन्ने शब्द हुँदैन ? अर्कोतर्फ, एउटै कांग्रेस पार्टीको, सत्तामा हुँदा होस् या प्रतिपक्षमा हुँदा होस् एउटै मतको धारणा आएको पाइन्न। यतिसम्म कि स्वयं सभापति र उपसभापतिको धारणामा कुनै मेल खाएको देखिन्न। एक पक्ष संसद् पुनस्र्थापनाका पक्षमा जस्तो देखिन्छ भने अर्को पक्ष विघटनको समर्थन गरेर निर्वाचनको पक्षमा रहेको जस्तो देखिन्छ। प्रश्न उठाइयो भने सहज जवाफ आउँछ, बहस–विवाद भएन भने पार्टी निर्जीवप्रायः हुन्छ। प्रजातान्त्रिक पार्टीभित्र यस्तो परिपाटी हुन जरुरी हुन्छ, लोकतन्त्रको विशेषता हो यो। तर पनि प्रश्न जीवित रहन्छ– के राजनीतिक पार्टीको निश्चित बाटो हुँदैन ? कि त पार्टीको विधानमा नलेखिए पनि अघोषित रूपमा पार्टीलाई आआफ्नो बाटोमा हिँडाउने विशेषधिकार दिइएको हुन्छ, राजनीतिज्ञहरूलाई ?

स्वयं प्रधानमन्त्री ओलीले सदनको रोस्ट्रममा उभिएर घोषणा गरेका थिए, ‘यो संसद् कुनै हालतमा विघटन हुँदैन।’ उनको भनाइको आशय थियो, बजारमा हल्ला चलेजस्तो आफ्नो कुर्सी जोगाउन उनले कुनै हालतमा संसद् विघटन गर्दैनन्, कदाचित त्यस्तो अवस्था आयो भने आफूले राजीनामा दिनेछन्। तर उनै प्रधानमन्त्रीले अन्ततः संसद् विघटन गरेरै छाडे। के उनले पार्टीको निर्देशनमा त्यसो गरेका हुन् त ? होइनन्। यसको अर्थ पार्टीभित्र अनुशासित हुनुपर्छ भन्ने मान्यता यहाँनिर भंग हुन पुगेको देखिन्छ।

सडकमा देखिएको आन्दोलनकर्ता जो नेकपाकै सत्ताधारीको विरुद्धका हुन्, तिनले आफूहरू सत्तामा बसेर स्वार्थ मिलुञ्जेल कहींकतै आपसमा कुनै दोष देखेनन्, वा सत्ताधारीले पनि यिनका कमीकमजोरी केही देखेनन्। तर स्वार्थ बाझिनासाथ सम्पूर्ण दोषहरू एकले अर्कालाई भिराइरहेका छन्। जस्तो कि– ताजा उदाहरण हेरौं। नेकपाको सत्ताबाहिरको समूहको सबैभन्दा पछिल्लो जनप्रदर्शनमा यस्तो भनाइ आएको सुनियो– गत तीन वर्षको शासनमा हजारौंको संख्यामा भएको बलात्कारका घटना मानौं सत्तावालले नै गराएका हुन्। यो तथ्यसत्य थियो भने यसरी सत्ताबाट बाहिर नआउञ्जेल त्यतिखेर यो कुरो किन बाहिर आएन ? आफैंहरू सत्तामा मिसिएर रहेको बेलाको यस्ता तथ्यको जिम्मेवारी यिनले लिन पर्दैनथ्यो ?

सडकमा देखिएको आन्दोलनकर्ता जो नेकपाकै सत्तााधारीको विरुद्घका हुन्, तिनले आफूहरू सत्ताामा बसेर स्वार्थ मिलुञ्जेल कहींकतै आपसमा कुनै दोष देखेनन्, वा सत्तााधारीले पनि यिनका कमीकमजोरी केही देखेनन्।

अझ त्यसअघि सत्तापक्षले गरेको जनसभामा स्वयं प्रधानमन्त्रीले एउटा विरोधाभास वाक्य बोलेका थिए, जसलाई त्यही पछिल्लो सत्ताविरोधी प्रदर्शनमा स्मरण गरियो। उनले भनेका थिए– यो सरकारले विकासको काम गरेको किन देख्दैनन् ? हेरून्, कति किलोमिटर बाटो बनाइयो, कति तुइन विस्थापन गरियो र कति झोलुंगे पूल स्थापना गरियो ? ठीक त्यहींनिर फेरि यही भनाइसँग बाझिने अर्को बोली बोले– मलाई सरकारमा असहयोग मात्रै भयो, केही काम गर्नै दिएनन्। एकैपटक यस्ता अमिल्दा भनाइको अर्थ के हो ? काम गर्न नदिएका भए विकास गरिएका भनिएका तथ्यहरू गफ मात्रै हुन् ? तर फेरि विकासका ती तथ्यहरू सही हुन् भने काम गर्न नदिएका या नपाएका आरोप के विरोधका लागि विरोध मात्रै हो ?

वास्तवमा आजका नेताहरूले गर्ने भाषण र ती भाषणमा राखिने धारणा वा तर्कहरूलाई हावादारीको संज्ञा दिने गरिन्छ। यसकारण पनि दिने गरिन्छ कि तिनमा कुनै ठोस आधार हुँदैन। हुन पनि केवल एकअर्कालाई दोषारोपण गरेर मजा लिनुप्रति मात्रै ती लक्षित हुन्छन्। के आज राजनीति गरिरहेकाहरूको मात्रै यस्तो चरित्र हो ? यसभन्दा अघिका यस्ता थिएनन् ? कतै हाम्रो देशमा वा हाम्रोजस्तै अविकसित देशमा मात्रै राजनीतिज्ञहरूको यस प्रकारको मूल चरित्र बनेको त होइन ? हो भने के कारणले यस्तो चरित्र विद्यमान छ तिनमा ? संविधानमा यसको प्रावधान त कहीँ–कतै उल्लेख गरिएको छैन।

कुनै नशा प्रयोग गरेका मान्छे झैं बोलीको ठेकान छैन तिनका। एउटै विषयमा एक बेला एउटा कुरा गरिरहेका हुन्छन्, फेरि अर्को बेला अर्को कुरा; समय हेरेर, मौसम हेरेर कुरा गर्ने कलामा अत्यन्तै निपुण छन्। कसैलाई गाली गर्छन्, फेरि उसैलाई समर्थन गर्छन्। कसैमाथि हाँस्छन्, फेरि उसैमाथि आँसु बहाउँछन्। नागरिकसामु हात जोडेर मत माग्छन् र तिनैलाई भर्‍याङ बनाएर कुर्सीमा पुग्छन्, फेरि कुर्सीमा पुगेपछि आफ्नो परिचय बिर्सेर त्यहीं फनफनी घुम्न लाग्छन्। एकछिनअघि ‘हो’ भनेको विषयलाई एक्कैछिनपछि ‘होइन’ भन्छन्, फेरि परिस्थिति हेरेर ‘हो’ भन्छन्। शंका लाग्छ, कतै आफ्नो विवेकलाई बन्धकी राखेका त छैनन् तिनले ? होइन भने, ‘नैतिकता’ भन्ने चिज पनि त कहीं छ कि !

थुक्छन्, चाट्छन्
फेरि थुक्छन्, फेरि चाट्छन्
तर पनि
लाज–घीन पचाएर
सगौरव !
‘राजनीति’ को खेल खेलिरहन्छन्।
[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.