निफ्रा र प्रदेश १ सरकारबीच लगानी सम्झौता

निफ्रा र प्रदेश १ सरकारबीच लगानी सम्झौता

विराटनगर : प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

सार्वजनिक निजी साझेदारीका माध्यमबाट प्रदेशको पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाको सम्बोधन गर्न मझदारी भएको हो।

प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजना पहिचान गर्नु र सम्भावित परियोजनामा वित्तीय तथा प्राविधिक विश्लेषण र परियोजनाको बजारीकरण समझदारीपत्रको मूल उद्देश्य रहेको मुख्यमन्त्री शेरधन राईले बताए। 

‘विकासकर्ता छनोटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाईमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोगका लागि हामीले सहकार्य गरेका हौँ,’ उनले भने, ‘यसले प्रदेश १ मा पूर्वाधारका परियोजनाको विकासमा महत्वपूर्ण योगदान राख्छ।’

मंगलबार मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश १ को सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणका तर्फबाट निर्देशक डा. सरोज कोइराला र निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन्। 

निर्देशक कोइरालाले प्रदेश १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनामा लगानीका लागि प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको बताए।

‘मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य हामीले लिएका छौँ,’ उनले भने ‘आगामी दिनमा मुलुकका अन्य प्रदेश सरकार र स्थानीय निकायसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य छ।’

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.