मंगलग्रहमा यान

मंगलग्रहमा यान

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको अन्तरिक्षयान ‘पर्सिभिरेन्स रोबर’ले मंगल ग्रहमा सफल अवतरण गरेको छ।  सात महिनाअगाडि पृथ्वीबाट उडेको उक्त यान शुक्रबार बिहान मंगल ग्रहमा पुगेको हो। मंगल ग्रहको भूमध्यरेखा जेजेरो क्रेटरको नजिकै ‘पर्सिभिरेन्स रोबर’ले अवतरण गरेको हो। 

नासाको महŒवाकांक्षी परियोजनाको रूपमा रहेको रोबरले मंगल ग्रहमा अवतरण गरे पछि एउटा तस्बिरलाई ट्विटरमार्फत सार्वजनिक गरेको थियो। यो रोबरले मंगलग्रहमा एउटा पुरानो सुकिसकेको पोखरीको अध्ययन गर्नेछ।  अर्बौं वर्षपहिले मंगल ग्रहमा सुक्ष्म जीवाणुको कुनै गतिविधि थियो वा थिएन भन्ने पनि यसले अध्ययन गर्नेछ। त्यसैगरी मंगल ग्रहमा जीवन सम्भव छ या छैन भन्ने विषयमा पनि यस यानलेअनुसन्धान गर्ने भएको छ। 

यो अन्तरिक्षयान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल सेन्टरमा बसिरहेका वैज्ञानिकको अनुहारमा निकै खुसी छाएको थियो। अन्तरिक्षयान नियन्त्रण गर्ने वैज्ञानिकहरूले पनि एकआपसमा खुसी साटासाट गरेका थिए। 

यानलाई नेतृत्व गर्ने टोलीका प्रमुख एलन च्यानले रोबर समतल क्षेत्रमा रहेको र आफूहरूलाई यसलाई अवतरण गर्न सही स्थान फेला परेको बताएका थिए।  ६ पांग्रे यो रोबरले आगामी २५ महिनासम्म मंगल ग्रहको बालुवा, ढुंगा र चट्टानको खोजी र अध्ययन गर्नेछ। यसबाट मंगलग्रहमापहिले कुनै समयमा जीवन रहेको थियो वा थिएन भन्नेसमेत पत्ता लाग्नेछ।  अर्बौं वर्षपहिले जेजेरो नजिकै एउटा ठूलो पोखरी रहेको मान्यता छ। उक्त पोखरीमा पानी भएकाले त्यहाँ कुनै समय जीवनको सम्भावना थियो भन्ने विश्वास गरिन्छ। 

यस यानले आगामी साता मंगल ग्रहको सतहको अझै धेरै तस्बिरहरू खिचेर पठाउने अपेक्षा वैज्ञानिकको छ। यसले वैज्ञानिकलाई यान रहेको ठाउँको वरपर अध्ययन गर्न सहज हुनेछ।  यो यानको अर्को उद्देश्य मंगल ग्रहमा कम तौलको एक हेलिकप्टर उडाउनु पनि रहेको छ।  

पर्सिभिरेन्सले आफ्नो साथमा एउटा सानो हेलिकप्टर पनि लगेको छ। यसले उक्त हेलिकप्टरलाई उडाउने प्रयास गर्नेछ। पृथ्वीबाहेकका अन्य ग्रहमा यस प्रकारको उडान पहिलो हुनेछ।  नासाको यानको मंगल ग्रहमा सफल अवतरणपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि नासा र यस ऐतिहासिक अवतरणलाई सफल पार्ने काममा संलग्न सबैलाई बधाई दिएका छन्। 

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.