प्रदेश १ मा अविश्वासको प्रस्ताव : ओली समूहले गर्‍यो संसद्‍ बैठक बहिष्कार

प्रदेश १ मा अविश्वासको प्रस्ताव : ओली समूहले गर्‍यो संसद्‍ बैठक बहिष्कार

विराटनगर : मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहका सांसदले प्रदेश १ प्रदेशसभा बैठक बहिष्कार गर्ने भएका छन् । 

प्रदेश सचिवालयले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने कार्यसूची सार्वजनिक गरेपछि ओली समूहका सांसदले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन् । सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी ओली समूहका सांसदले बैठकमा उपस्थित नहुने भनेर संसद सचिवालयमा जानकारी दर्ता गराउने निर्णयसमेत गरेका छन् । 

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर गर्ने १६ सांसदलाई यसअघि नै राईले निलम्बन गरेका छन् । सत्तापक्षले मुख्यमन्त्रीले निलम्बन गरेका सांसद सहभागी भएको बैठकमा आफूहरु सहभागी नहुने अडान लिएको छ । 

प्रजातान्त्रिक प्रक्रियालाई सत्तापक्षले अवरोध गरेको भन्दै सांसदहरुले विरोध जनाएका छन् । शनिबार मात्र नेकपा प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रजातान्त्रिक प्रक्रियामाथि अवरोध भए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेपछि मुख्यमन्त्री राईले यसअघि नै प्रदेशसभा नै भंग गर्नेसम्मको चेतावनी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.