प्रदेश प्रमुखलाई जनकपुरमा १०१ किलोको मालाले स्वागत

प्रदेश प्रमुखलाई जनकपुरमा १०१ किलोको मालाले स्वागत

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रमुख राजेश झा ‘अहिराज’ पदभार ग्रहण गर्न जनकपुर आइपुगेका छन्। 

पत्नी र छोरासँगै जनकपुर आएका झालाई समर्थकले भव्य स्वागत गरे यता प्रदेश २ सरकारकारले आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहालाई स्वागतका लागि पठाएर औपचारिकता मात्र निर्वाह गरेको छ।  

प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित अन्य ६ जना मन्त्रीमध्ये कोही पनि विमानस्थल गएनन्। यस अघिका प्रदेश प्रमुखलाई मुख्यमन्त्री तथा उनका मन्त्रीलेनै स्वागत गर्ने गरेका थिए। 

प्रदेश प्रमुख झालाई विमानस्थलमै समर्थकले १ सय १ किलो फूलको माला लगाएका थिए। 

विमानस्थलको भीआईपी कक्षमा प्रमुख झालाई सञ्चारकर्मीले पदभार सम्हाल्न जनकपुर आउँदा तपाईको रिएक्सन के छ भनेर प्रश्न गरेका थिए। जवाफमा झाले भने, ‘म आफ्नो घर आएको छु र अब रियाक्सन होइन एक्सन हुनेछ।’

उनको स्वागतमा नेकपाको ओली समूहका युवाले नगरमा मोटरसाइकल र्‍याली निकालेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.