दुर्घटनाका घाइतेको उद्धारमा प्रदेश प्रमुख

दुर्घटनाका घाइतेको उद्धारमा प्रदेश प्रमुख

रौतहट : प्रदेश २ का प्रमुख डा.राजेश झा ‘अहिराज’ एक कार्यक्रममा सहभागी हुन मंगलबार बिहान जनकपुरबाट बाराको जितपुर जादै थिए । 

जितपुर जाने क्रममा चन्द्रपुर  निजगढ सडकखण्डको जंगलमो मोटरसाइकल दुर्घटना हुँदा चारजना घाइते छटपटाइरहेका थिए । 
  

सडकमा घाइतेलाई देखेपछि प्रमुख झाले आफ्नो गाडी रोक्न लगाए र उद्धारमा खटिएका हुन् । उनीसँगै रहेका सुरक्षाकर्मी तथा कर्मचारलाई घाइते लान अर्को गाडी रोक्न लगाएर घाइतेको उद्धार गरेका हुन् ।  उनले आफ्नो सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मी घाइतेको साथ अस्पतालसम्म पठाए ।

ना ५६ प ७३६५ र बिआर ३० जे ९३९७ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका हुन् । घाइतेको  चन्द्रनिगाहपुरमा भइरहको छ ।
 
‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी हो’, प्रदेश  प्रमुख झाले भने, ‘अन्य कार्यक्रम भन्दा पनि नागरिकको ज्यान बचाउने कार्य महत्वपूर्ण हुन्छ ।’  झा केही दिन अघि मात्रै प्रदेश प्रमुखमा नियुक्त भएका हुन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.