आर्थिक केन्द्र बन्दै हेटौंडा

आर्थिक केन्द्र बन्दै हेटौंडा

हेटौँडा : देशकै सबैभन्दा ठूलो र पुरानो औद्योगिक क्षेत्र रहेको हेटौंडा प्रदेशकै आर्थिक केन्द्र बन्दै गएको छ। हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको ५७ वर्षपछि  नयाँ औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको हो।

सरकारले हेटौँडा १३ र १४ स्थित मयुरधापमा करिब तीन सय बिगा जमिनमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम सुरु गरेको छ। गत फागुन १४ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेको औद्योगिक क्षेत्रमा दुई वर्षभित्र उद्योग स्थपना गर्ने सरकारको लक्ष्य छ। 

त्यस अघि चालू आर्थिक वर्ष २०७७÷७८ भित्र औद्योगिक क्षेत्रको जग्गा तारबार सकाउने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताए। ‘अब नयाँ आर्थिक वर्षबाट पूर्वाधार निर्माणको काम सुरु हुन्छ’, उनले भने, ‘पूर्वाधार निर्माणपछि उद्योग ल्याउने वा उद्योग र पूर्वाधारको कामसँगै गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।’

संघीय सरकारले २०७२ साल चैत्र १ गते मयुरधापको ३ सय बिगा जमिनमा नयाँ औद्योगिक क्षेत्र घोषणा गरे पनि जग्गाको भोगाधिकार विवादका कारण निर्माणकार्य अघि बढेको थिएन। सरकारले औद्योगिक क्षेत्रको नाममा जग्गाको लालपूर्जा दिए पनि पर्सा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्राधिकारभित्रको जमिन भन्दै जग्गा उपयोगमा रोक लगाएको थियो। 

निकुञ्जको अवरोधपछि हेटौंडा औद्योगिक क्षेत्रको नाममा बनेको लालपूर्वा रद्द गरेर निकुञ्जसँग भोगाधिकार लिइएको हो। औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले दुई वर्षदेखि बजेट विनियोजन गरेपनि भोगाधिकार विवाद हुँदा बजेट फ्रिज हुँदै आएको थियो। 

भोगाधिकार विवाद टुंगो लागेसँगै औद्योगिक क्षेत्र निर्माणको  काम अघि बढेपछि स्थानीय उत्साहित बनेका छन्। ‘हामीले निकै उत्साहित छौं’, हेटौंडा १४ नम्बर वडा अध्यक्ष दिपक खड्काले भने, ‘स्थानीयलाई रोजगारीको पहिलो प्राथमिकता हुनुपर्छ भन्ने हाम्रो माग हो।’ औद्योगिक क्षेत्र निर्माणको क्रममा स्थानीयबाट कुनै अवरोध नहुने भन्दै उनले प्रदूषण नियन्त्रणमा भने ध्यान दिनुपर्ने बताए। 

हेटौंडा औद्योगिक क्षेत्रको तथ्यांकअनुसार नयाँ औद्योगिक क्षेत्रमा ६२ वटा उद्योगको प्लट रहेको छ। मुद्रण विभागले नोटछाप्ने उद्योग स्थापनाको सम्झौता गरिसकेको छ। जमिनलाई चारदेखि १४ रोपनीसम्मका प्लटमा विभाजन गरिएको छ। २ वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने औद्योगिक क्षेत्रको लक्ष्य छ।

यहाँ औद्योगिक क्षेत्र निर्माणपछि करिब १० हजार जनाले रोजागरी पाउने सरकारी अनुमान छ। ‘हाम्रो उद्देश्य लगानी भित्र्याउने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने हो’, औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने, ‘औद्योगिक क्षेत्रभित्र सबै उद्योग स्थापना हुँदा १० हजार मान्छेले रोजगारी पाउनेछन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.