प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेलाई सर्‍यो

प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेलाई सर्‍यो

विराटनगर : बिहीबारका लागि बोलाएको प्रदेश १ प्रदेशसभा बैठक सूचना प्रकाशित गरेर सारेको छ। बुधबार दिउँसो प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गर्दै बैठकको मिति सारिएको जनाएको हो। 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक चैत २ गते दिउँसो १२:३० बजेका लागि सारिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। 

‘यस अघि बसेको बैठकमा प्रदेशसभा फागुन २० गते बिहीबारलाई डाकिएको थियो, विषेश कारणले बैठक सार्नुपर्ने भएकाले अबको बैठक चैत २ गते बोलाइएको हो’, सचिव पराजुलीले भने। उनले कारण भने खुलाएनन्।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समुहका संसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको र यस अघिको बैठकमा सो प्रस्ताव प्रदेशसभामा टेवल भइसकेको छ। प्रस्ताव सदनमा प्रस्तुत गर्ने समयमा नेकपाको ओली समूह र प्रदेश सरकारले सो बैठक बहिस्कार गरेको थियो।

मुख्यमन्त्री शेरधन राईले पार्टीको विधान विपरित काम गर्ने १६ जना सांसदलाई तीन महिनाको लागि निलम्बन गरेका र ती सांसदको समेत उपस्थितिमा बैठक बसाएकाले बैठक बहिस्कार गरेको ओली समूहको दाबी छ।  

नेपाल कम्यूनिष्ट पार्टी आधिकारिक रुपमा फुटिनसकेको समयमा नेकपा संसदीय दलको नेता मुख्यमन्त्री शेरधन राई नै रहने र उनले गरेका निर्णय नै प्रदेशसभामा नेकपाको तर्फबाट मान्य निर्णय हुने ओली समूहको भनाइ छ। 

सोही विवादका कारण प्रदेशसभा बैठक पनि नियमित बस्न सकेको छैन। बसेको समयमा पनि सत्तापक्षबाटै कहिले विरोध त कहिले बैठक सार्न सभामुखलाई दबाव दिने गरेको प्रचण्ड–नेपाल समूहका सांसदको अरोप छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.