अविनको व्यंग्य–वजन

अविनको व्यंग्य–वजन

अमेरिकी प्रख्यात कार्टुनिस्ट जेफ म्याकनेलीले भनेका थिए, ‘उत्कृष्ट कार्टुन त्यो हो, जसमा शब्द हुँदैन, सबै कुरा चित्रले भन्छ।’

अविनका कार्टुन प्रायः शब्दविहीन हुन्छन्। खास कार्टुनजस्ता पात्र हुन्छन्। शारीरिक बनावटै व्यंग्यात्मक भावका। जे भन्ने तिनैले भन्छन्। मात्र हेर्दा पुग्छ। त्यसले मनको भित्र छुन्छ। खास पात्रलाई घोच्छ, हेर्नेलाई मनोरञ्जन पुग्छ।

जेफ म्याकनेलीले गरेका/भनेका कार्टुन त्यस्तै हुन्। अविनले कुनै–कुनै कार्टुनमा शब्द प्रयोग गर्छन्, अति कम। केही शब्दवाला हुन्छन्, शक्तिसहितका। त्यस्तै गनिएका छानिएका कार्टुन छानेर उनले खँदिलो पुस्तक ल्याएका छन्, ‘अविनको कार्टुन संग्रह’ (बेस्ट अफ अविन)। यसका दुई भाग बजारमा उपलब्ध छन्। चिल्लो गुणस्तरीय कागज। बुकआर्ट नेपालले प्रकाशन गरेको ‘बेस्ट अफ अविन’ को मूल्य १२ सय ९९ रुपैयाँ छ। 

अविनको एकाग्रता कार्टुनमा प्रदर्शन हुन्छ। उनी थोरै बोल्छन्। फिस्स हाँस्छन्। व्यक्तिगत स्वभावका आधारमा बरु प्रश्न उठ्छ, ‘अविन तिनै हुन् त ? हेर्दा कसैलाई नबिझाउने मान्छेले काँडैकाँडा भएका कार्टुन कसरी बनाउन सक्छन् ? 

कार्टुनसँग सामान्यतः दुइटा कुरा अपेक्षा गरिन्छ, यसले कि हँसाउन सक्नुपर्छ कि शक्तिशाली/बलशालीलाई मज्जाले घोच्न सक्नुपर्छ। एउटै कार्टुनमा दुवै गुण भए झन् सुनमा सुगन्ध हुन्छ। अविन प्रायः त्यो दिने प्रयास गर्छन्। 

उनको संग्रह पुस्तकमा हँसाउने र घोच्ने कार्टुन जुटाइएका छन्। उनी कार्टुनमा बिम्बको प्रयोगसमेत गर्छन्। जस्तो– जनआन्दोलनका बेला ८ दललाई उनले कागजको घोडा बनाइदिएका थिए, जसका खुट्टा जनताका थिए। संग्रहमा एउटा यस्तो कार्टुन छ, जसमा गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्रलाई ढाडमा बोकेका छन्, ज्ञानेन्द्रले भने राक्षसी दाह्राले उनको कुममा चिथोरिरहेका छन्। अर्को कार्टुन छ– प्रचण्डले श्रीपेच उठाउँदा पाइन्ट खुस्किएर बिजोग भएको। संविधान निर्माणका क्रममा उनले तत्कालीन राष्ट्रपति रामवरण यादवलाई ‘रबर स्ट्याम्प’ बनाएका छन्। 

कार्टुन सदाहरित दस्तावेज हो। यो जहिल्यै नवीन प्रतीत हुन्छ– मात्र सन्दर्भ चिन्ने खुबी हुनुपर्छ। यति बेला संसारभरि कोरोना महामारी छ। हात मिलाउन बन्देज छ। २०६६ असारमा अविनको एउटा कार्टुन प्रकाशन भएको थियो, जसमा गिरिजाप्रसाद कोइराला र माधव नेपाल मिलेर प्रचण्डसँग हात मिलाउन प्रयासरत थिए। हात बाँधेर बसेका प्रचण्डको कार्टुन–कथन थियो, ‘हात मिलाउनु हुन्न रे, स्वाइन फ्लु !’ 

राजनीतिक दलको गोठालोलाई भ्रातृ संगठन नामको साँढेले लात्तले हानेर लडाएको अर्को कार्टुन सदा सान्दर्भिक प्रतीत हुन्छ। अर्को कार्टुन– कांग्रेसको झन्डा हल्लाउँदै देउवा यातायात चलिरहेको छ, पौडेलहरू नाराबाजी गरिरहेका छन्, ‘सिन्डिकेट बन्द गर।’ मधेशवादी दलले संविधान संशोधन मागेको छ, प्रचण्ड त्यता जान हौसिएका छन्, केपी ओलीले उनको कोट तान्दै रोकेका छन्, ‘हुन्न।’ 

संग्रहका कार्टुन सबैजसो राजनीति केन्द्रित छन्। अधिकांशमा व्यंग्य–विषय प्रचण्ड बनाइएका छन्। पछिल्लो कालखण्डमा शक्तिशाली बनेका ओली र देउवा अविनका घोचपेचमा त्यति परेका छैनन्। 

कुनै समय हामी एउटै मिडियामा काम गथ्र्यौं। एक पटक अविनले एउटा कार्टुन प्रकाशनार्थ उपलब्ध गराए, इमेलबाट। त्यसको निर्णायक विभाग मैले सम्हाल्थें। उनीसँग सम्पर्क हुन सकेन, विशेष कारणवश कार्टुन छापिएन। उनले आपत्ति जनाए। सम्पादककहाँ नछापिदिएको गुनासो पु¥याए। सम्पादकले सोधे, ‘तिम्रो कार्टुनको अर्थ के हो ?’ चाहिने मात्र बोल्ने उनले अथ्र्याए र गए। भोलिपल्ट पनि छापिएन। उनी अलि झ्वाँक्किएर फेरि माथि पुगे, ‘मैले हरेकलाई अर्थ लगाएकै थिएँ, के भएर कार्टुन छापिएन ?’ उताबाट हाँस्दै जवाफ आयो, ‘त्यही भएर। अर्थ लगाउँदै हिँड्नुपर्ने कार्टुन कसरी छापिन्छ त ?’ 

अविन पनि हाँसे। घटना उनले सम्झिइरहेका हुन सक्छन् वा बिर्सिइसका पनि। तर, सिर्जना सधैं उत्कृष्ट मात्र निर्माण नहुन पनि सक्छन् भन्ने यो उदाहरण हो। अविनका यस्ता नबुझिने वा बुझाउँदै हिँड्नुपर्ने कार्टुन अति सीमित हुन्छन्। अन्यथा– उनका कार्टुनको प्रथम उपभोक्ता लामो समय म स्वयं थिएँ, जसले हेर्नासाथ हँसाइदिन्थे। मनको कुनासम्म छुन्थे। 

कार्टुन र एनिमेसनमा विश्वविख्यात वाल्ट डिज्नीके भनाइ छ, ‘मेरो कार्टुनका हरेक पात्रमा पूर्ण व्यक्तित्व भर्न म हरदम प्रयासरत हुन्छु, तिनलाई व्यक्तित्वशाली बनाउन।’ कार्टुनका पात्रको व्यक्तित्व व्यंग्यात्मक लवजले निर्माण गर्छ। नेपाली कार्टुन महारथि दुर्गा बराल ‘वात्स्यायन’ हरूका पछिपछि अविनका पाइला पनि चलिरहेका छन्। करिब २७ वर्ष कार्टुन लेखनमा व्यतित गरेका उनको भविष्य उज्ज्वल छ भन्ने यो ग्रन्थले देखाउँछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.