घट्दै जलपन्छी

घट्दै जलपन्छी

भैरहवा : नेपालमा रहेका सिमसार क्षेत्र खुम्चिंदै-मासिंदै गएपछि जलपन्छीहरुको संख्या घट्दै गएको अध्ययनले देखाएको छ। सन् १९८७ देखि जलपन्छीहरुको गणना र अध्ययन गर्दै आएको एसियन जलपन्छी गणना नेपालको तथ्यांकले सिमसार क्षेत्रमा जलपन्छीहरुको संख्या घट्दै गएको देखाएको हो।

सिमसार क्षेत्रमा देखिएका बाधा व्यवधान, बासस्थानको विनास, चोरी सिकारी लगायतका कारण सिमसारमा आश्रित जलपन्छी घट्दै गएको चराविद्हरुको निश्कर्ष छ।

नेपालमा भइरहेको अव्यवस्थित विकास लगायतका कारण पंक्षीहरुको बासस्थानमा समस्या परेको छ। बढ्दो क्रममा भइरहेको तालतलैया, पोखरी सुकाउने कार्य, खेतबारीमा विषादीको प्रयोग कार्यले जलपन्छी-चराहरुको बासस्थान विनास हुँदै गएको छ।

‘नेपालको केही सिमसार क्षेत्रमा जलपन्छीको संख्या बढे पनि अधिकांश क्षेत्रमा संख्या घट्दै गएको छ’, एसिएन वाटर बर्ड सेन्सस नेपालका संयोजक एवं वरिष्ठ चराविद् डा. हेमसागर बराल भने, ‘जलपन्छीहरुको संरक्षणका लागि हामी सबै लाग्नुपर्ने अवस्था छ।’

विभिन्न देशबाट बसाइँसराइ गरेर आउने जलपन्छीहरुको संख्यामा पनि केही कमी आएकोले संख्यामा कमी देखिएको उनको भनाइ छ। पछिल्ला वर्षहरुमा रुपन्देहीको गैडहवा ताल, गजेडी ताल, कपिलबस्तुको जगदीशपुर ताल, सुनसरीको बर्जु तालमा जलपन्छीको संख्यामा निकै कमी आएको छ।

उनका अनुसार सन् २०२० मा १८ हजार जलपन्छी रहेको जगदिशपुर तालमा हाल संख्या घटेर १२ हजारमा पुगेको छ। त्यस्तै सुनसरीको बर्जु ताल तथा कोशी टप्पुमा पनि चराको सङख्या घट्दो क्रममा रहेको छ। चितवनमा संख्या यथावत छ भने पोखरामा घटबढ भइरहेको छ।

अन्य स्थानमा जलपन्छीहरुको संख्या घट्दो अवस्था रहे पनि लुम्बिनी क्षेत्रमा भने विगत भन्दा आंशिक रुपमा बढेको छ। पर्यटकको आर्कषणको रुपमा रहेका जलपन्छीहरुलाई लुम्बिनी विकास कोषले संरक्षण गर्दै आएको छ। जलपन्छी मध्ये लोपउन्मुख अवस्थामा रहेको सारस लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगरपंक्षी समेत हो।

लुम्बिनीको सिमसार क्षेत्रको संरक्षण तथा बुद्ध जन्मस्थल क्षेत्र भएकाले चोरी सिकारी तथा अमानवीय कार्य कम भएकाले लुम्बिनीमा जलपन्छीहरु आंशिक रुपमा बढेको वरिष्ठ चराविद् बरालको भनाइ छ।

पानी, सिमसार र घासेमैदानमा समेत ३ सय बढी चराहरु लुम्बिनी आसपास देख्न पाईने हुदा मुलुकको चरा पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदी बताउँछन्।

लुम्बिनी तथा आसपासका क्षेत्रलाई चराहरुको स्वर्गको रुपमा टिकाइ राख्न सिमसार क्षेत्रको व्यवस्थापनमा सरकारका साथै स्थानीय समुदायको अग्रसरता र अपनत्व लिन आवश्यक रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.