अब सभापतिमा लड्छु : शेखर कोइराला

अब सभापतिमा लड्छु : शेखर कोइराला

दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्। 

नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन। उनले आफू सभापतिबाहेक अरु कुनै पनि पदमा नलड्नेसमेत बताए। 

कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने भन्दै उनले नत्र भने कांग्रेसको हालत पनि नेकपाको जस्तै हुने बताए। ‘विधान अनुसार कांग्रेसको समय सकिसकेको छ, अब संविधानले दिएको व्यवस्था अनुसार पनि भदौमा चुनाव गर्नेपर्छ’, नेता कोइरालाले भने, ‘नत्र कांग्रेसको हालत पनि कम्युनिस्टकै जस्तो हुन्छ।’ उनले देशको चुनावभन्दा कांग्रेसका लागि आफ्नो महाधिवेशन महत्वपूर्ण भएको बताए। 

नेता कोइरालाले देशको अबको निकासका निम्ति निर्वाचन अन्तिम विकल्प भएको बताएका हुन्। त्यसका लागि कांग्रेसकै नेतृत्वमा अल्पमतको चुनावी सरकार बनाउन उपयुक्त रहेको धारणा राखे। उनले निर्वाचन बहुमतको सरकारले गर्न नमिल्ने संवैधानिक व्यवस्था भएकाले दलहरु मिलेर अल्पमतको सरकार गठन गनुपर्ने समेत बताए। 

‘बहुमतको सरकार बनाएर निर्वाचनका लागि दुई वर्ष पर्खिनुपर्छ’, उनले भने-‘त्यसैले कांग्रेसले एमाले, माओवादी र मधेसवादी दलसँग छलफल गरेर अल्पमतको सरकार गठनमा लाग्नुपर्छ।’ 

अल्पमतको चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने भन्दै त्यसका लागि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने समेत बताए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.