‘महजोडी बने महामूर्ख’

‘महजोडी बने महामूर्ख’

जनकपुरधा : जनकपुरधाममा एउटा यस्तो महोत्सव हुन्छ, जहाँ महामूर्ख बन्न तछाडमछाड हुन्छन्। जो सबैको सामुन्ने बिनाकुनै संकोच भन्न र स्वीकार गर्छन, कि म ‘महामूर्ख’ हुँ।

जनकपुरधाममा हुने एउटा सम्मेलन, जहाँ सबैभन्दा ठूलो मुर्ख अर्थात् (महामूर्ख)को उपाधि लिन तछाड–मछाड हुन्छ। त्यो महामूर्खको उपाधिलिन सामान्य व्यक्तिमात्र नभई समाजमा ‘विद्वान’कहलिएका राजनीतिज्ञ, बुद्धिजीवी, लेखक, साहित्यकार, कलाकार, पत्रकार नेताबीच प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा उत्रिने मध्ये एकजनाले ‘महामूर्ख’को उपाधि पाउँछन्। भने अन्य प्रतिस्पर्धी विभिन्न शीर्षकमा ‘मूर्ख’को उपाधि पाउँछन्। 

यसैबीच महामूर्ख सम्मेलन २०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘महामूर्ख’भएका छन्। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद्ले (मिनाप)प्रत्येक वर्ष आयोजना गर्ने व्यङग्यात्मक सांस्कृतिक कार्यक्रमा महामूर्ख सम्मेलनमा महजोडीसहित १५ जनालाई अन्य उपाधि प्रदान गरिएको छ। 

महजोडीले यसवर्षको ‘महामूर्ख’ को उपाधि उचाल्दा प्रदेश २ का काभौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनाललाई पटमूर्खको उपाधि प्रदान गरिएको छ।
 
होटल व्यवसायी तथा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी पटमुख, राष्ट्रिय स्तरका कराँते खेलाडी वीरेन्द्र कर्णलाई बज्रकिट, नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष् ाशीतल साहलाई ढोरबा, साहित्यकार तथा गीतकार अशोक दत्तलाई बोत्तलानन्दको उपाधि प्रदान गरिएको छ। 

कर्मचारी अधिकृत सुजित झालाई सिलौटानन्द, वनअधिकृत सुरेश शर्मालाई हराशंख, चित्रकार एस.डी सुमनलाई तरघुसका, जनता समाजवादी  पार्टीका नेता शेषनारायण यादवलाई चौपट्टानन्दको उपाधि प्रदान गरिएको छ। 

नेतृ विन्दु ठाकुरलाई खपसुरती, सञ्चार उद्यमी शंकर साहलाई मसरीलाल, नेता राजीव झालाई वंश कुरहरको उपाधि प्रदान गरिएको छ। यसैगरी जनकपुरधाम उप–महानगरपालिका ४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई वैशाखानन्द र ८ का वडाअध्यक्ष परमेश्वर साहलाई बज्रकिटको उपाधिले सम्मानगरिएको छ। 

सम्मानमाबिभिन्न तरकारी तथाफलफुलको मालासहित मिथिला चित्रकला र हास्यव्यग्यात्मक प्रकारको भाडावर्तनले सम्मानगर्ने गरिन्छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.