विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु

विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु

विराटनगर : विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापा दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । 

दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । 

मृत्यु भएका बृद्धलाई कोरोना संक्रमण भएपछि गत २५ गते अस्पतालमा भर्ना गरिएको थियो । घरकै परिवारलाई संक्रमण भएपछि उनीसहित उनका अन्य चारजना आफन्त पनि अस्पताल भर्ना भएका थिए ।

सुगरका समेत बिरामी रहेका वृद्धको उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन एपोलो भगतले बताए । वृद्धको शव राती नै आफन्तको जिम्मा लगाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.