तनहुँ उद्योग वाणिज्य संघमा श्रेष्ठ निर्वाचित

तनहुँ उद्योग वाणिज्य संघमा श्रेष्ठ निर्वाचित

दमौली : तनहुँ उद्योग वाणिज्य संघको १६औं महाधिवेशनबाट अध्यक्षमा पबिन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

कडा प्रतिष्पर्धात्मक मतदानमा श्रेष्ठले अध्यक्षका अर्का प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई ४१ मतले पछि पार्दै विजयी भएका हुन् ।

अध्यक्षमा विजयी श्रेष्ठले ८०६ मत पाए । अध्यक्षका प्रत्यासी मिश्रले ६६५ मत पाएका छन् ।

१ औं महाधिवेशनमा अध्यक्षमा कृष्णराज पण्डितसँग पराजित श्रेष्ठले १६औं महाधिवेशनमा भने जित सुनिश्चित गरेका हुन् । मतदानमा कुल १ हजार ४९४ मत खसेको थियो ।

अध्यक्षमा विजयी श्रेष्ठ र मिश्र दुवै कांग्रेसनिकट हुन् । श्रेष्ठका पक्षमा कांग्रेससँगै एमाले नेतृत्वको साथ थियो ।

महाधिवेशनबाट प्रथम उपाध्यक्षमा ईमकुमार मल्ल, द्वितीय उपाध्यक्षमा कुमार मल्ल, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, वस्तुगत सदस्यमा कृष्ण सुनार तथा एसोसिएट सदस्यमा शिवओम मल्ल सर्वसम्मत भइसकेका थिए ।

अध्यक्ष पदमा सहमति हुन नसकेपछि मतदान भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.