रुपन्देहीमा शिक्षण संस्था बन्द, यातायातमा जोर–विजोर

रुपन्देहीमा शिक्षण संस्था बन्द, यातायातमा जोर–विजोर

भैरहवा : रुपन्देही जिल्लामा कोरोना संक्रमणको ग्राफ बढ्दै गएपछि यहाँका शिक्षण संस्था बन्द गरिएका छन् । रुपन्देहीमा १६ वटा स्थानीय तह छ । यी मध्ये केही स्थानीय तहमा पठनपठान बन्द भएको थियो भने केहीले जारी राखेका थिए । तर, संक्रमणको ग्राफ बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ लगायत र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भैरहवामा बसेको बैठकले जिल्लाको सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिए । हाललाई शिक्षण संस्थाहरु बैशाख मसान्तसम्म बन्द हुने भएका छन् ।

साथै सबै किसिमका पूर्वनिर्धारित परीक्षाहरु समेत हाललाई स्थगन गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सार्वजनिक तथा निजी यातायातका साधनमा बैशाख १४ गतेदेखि जोर–विजोर प्रणाली लागु गरी संचालनको व्यवस्था मिलाउने समेत निर्णय भएको सूचना अधिकारी थापाले बताए ।

त्यस्तै सबै स्थानीय तहले संक्रमितको ओसारपसारका लागि कम्तीमा एउटा ‘डेडिकेटेड एम्बुलेन्स’ को व्यवस्थापन गर्ने, सामुदायिक आइसोलेसन र होम आइसोलेसनहरुको क्षमता विकास गरी पूर्वतयारी अवस्थामा रहने र स्वास्थ्य मापदण्डको पालना गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरु स्थानीयस्तरसम्म पुर्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.