तरकारी बजार मात्रै खुल्ला गर्न माग

तरकारी बजार मात्रै खुल्ला गर्न माग

ओखलढुंगाः मोलुङ गाउँपालिकाले सबै खाले हाटबजार बन्द गरेको छ । गाउँपालिका केन्द्र प्राप्चासहित रामपुर र मंगलबारेमा लाग्ने साप्ताहिक हटिया बन्द गरेको हो । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलन सक्ने भएकाले हाटबजार बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका सुचना अधिकारी गोपाल नेपालले जनाए ।

 
त्यस्तै पालिकाभित्रका विद्यालय बन्द गरिएका छन् । यद्यपी वार्षिक परीक्षा भने सुरु भएकाले वैशाख २० भित्र सम्पन्न गर्नेगरी दुई चरणमा सञ्चलान भइरहेका छन् । काठमामाडौं तथा बाहिरबाट आउनेहरु अनिर्वाय होम क्वारेन्टाइन वस्नुपर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ । 

त्यस्तै अत्याधिक चाप हुने र जिल्लाको केन्द्र ओखलढुंगा बजारमा लाग्ने साप्ताहिक हटियामा भने तरकारी बाहेक अन्य बेचविखन नगर्ने व्यवस्था गर्न सरोकारवालाको माग छ । 

जिल्ला भित्रने संख्या बढेको तथा भीडबाट कोरोना संक्रमण हुन सक्ने भएकाले तरकारी तथा फलफुल बाहेक हटियामा राखेर अन्य खाद्यन्न, भाँडा तथा कपडा हटियामा लगेर बेच्न रोक्नु पर्ने आवाज उठेको छ । ओखलढुंगा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले तरकारी जन्य वस्तुबाहेक हटियामा अन्य वस्तु निकाल्न रोक लगाउनु पर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारी बन्दना राईलाई यस्तो सुझाव दिएको जनाए । 

त्यस्तै जिल्लाका सबै नाकाहरुमा जिल्ला भित्रनेको पालिकागत तथ्यांक लिएर जानकारी गराई बाहिरबाट आउनेलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न प्रशासनले प्रहरी तथा पालिकासँगको समन्वयमा हेल्थ डेक्स राख्ने तयारी गरिएको छ । प्रहरीले भने तथ्यांक लिन सुरु गरिसकेको छ । 

यसले जिल्ला भित्रनेको यकिन तथ्यांक हुने र संक्रमित भएमा कन्ट्रयाक ट्रेसिङमा सहज हुने विश्वसा लिइएको छ । जिल्लामा हाल कुनै परीक्षण भने थालिएको छैन । विरामीको अवस्था हेरेर मात्रै परीक्षण गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । नागरिक स्तरमा भने कोरोना परीक्षण सुरु गर्नुपर्ने माग छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.