आजदेखि दाङमा लकडाउन

आजदेखि दाङमा लकडाउन

दाङ : दाङमा कोरोना संक्रमितको संख्या र यसबाट हुने मृत्युदर बढ्दै जान थालेपछि आजदेखि ९ दिनका लागि पहिलो चरणको लकडाउन गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको गत मंगलबार बसेको बैठकले वैशाख १७ देखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो । त्यसको पहिलो दिन बन्दाबन्दीको पूर्णत: प्रभाव देखिएको छ ।

बिहान ६ बजेदेखि २५ गते बेलुका ६ बजेसम्मका लागि पहिलो चरणमा लकडाउन भएको छ । त्यसपछि अवस्था हेरेर थप निर्णय लिइने छ ।  लकडाउन प्रभावकारी बनाउन सुरक्षा कडा पारिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी  शिवबहादुर शिहले बताए ।

उनले सशस्त्रसहितको संयुक्त गस्ती गरिरहेको जानकारी दिए । उनकाअनुसार सडकमा बिरामीको चाप अत्यधिक छ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सञ्चालनमा रोक लगाईएको छ ।

तुल्सीपुर उद्योग बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसेले विगतको भन्दा अहिले व्यवसायीहरु समेत सजक भएको बताए । उनले स्वतस्फूर्त रुपमा व्यवसाय  बन्द गरेको बताए । चालिसेले बजारको कालोबजारी रोक्ने प्रयास समेत सघले गरेको बताए ।

दाङमा खाद्यान्नका पसल भने दैनिक बिहान ७ बजेदेखि ८ बजेसम्म खुल्नेछ । अति आवश्यक बाहेकका सवारी साधनहरूलाई मात्रै सञ्चालन अनुमति रहेको छ । अन्य सवारी साधन सडकमा चलेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.