कोरोनाबाट दोलखाकी २९ वर्षीया युवतीको भक्तपुरमा मृत्यु

कोरोनाबाट दोलखाकी २९ वर्षीया युवतीको भक्तपुरमा मृत्यु

दोलखा :  दोस्रो लहरको कोरोना संक्रमणले दोलखाकी २९ वर्षीया युवतीको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका -६, चरिकोट घर भएकी २९ वर्षीया युवतीको कोरोना संक्रमणका कारण आइतबार बिहान भक्तपुर इन्टरनेशनल हस्पिटलमा मृत्यु भएको हो । 

जात्रा हेर्न भक्तपुर माइती गएको बेला बिरामी परेकी उनको पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको बताइएको छ । उनको परिवारमा बुवा, आमालाई पनि संक्रमण देखिएको छ। आमालाई निको भइसकेको परिवार स्रोतले बताएको छ । बुवा अझैं अस्पतालमा उपचाररत रहेको स्रोतको भनाइ छ ।

उनले चरिकोट आउँदाआउँदै संक्रमणको खबर पाएपछि छुट्टै बसेकी परिवार स्रोतले जनाएको छ । उच्च ज्वरो देखिएपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि पुनः मंगलबार भक्तपुर लगिएको परिवार स्रोतले बताएको छ ।

मृतक युवतीको तथ्यांक भक्तपुर जिल्लाले राख्ने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । उनको सम्पर्कमा गएकाहरूको  ट्रेसिङको काम अघि बढिसकेको र लक्षणको आधारमा उनीहरूको परीक्षण हुने प्रमुख पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.